प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । आजको बैठकमा प्रधानमन्त्रीका साथै दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
नयाँ गठबन्धन बनेपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।








































