Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५४:०८ दिउँसो
- ADVERTISEMENT -

समर्थन फिर्ता लिनुअघि नै सुदुरपश्चिमका मुख्यमन्त्रीले गरे समाजवादीका मन्त्री बर्खास्त

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

320
Shares

धनगढी :  नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन्। आज (बिहीबार) बिहान मुख्यन्त्री शाहले मन्त्री शाहलाई हटाएर प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत गराइसकेका छन्।

शाही नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री थिए। मंगलबार मात्रै मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका २ जना मन्त्री र एक जना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए। 

नेकपा एकीकृत समाजवादी पार्टीले केहीबेरमा मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन। समाजवादीले साढे १० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। आफ्नै क्याबिनेटका मन्त्री हटाएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने निश्चित भएको छ।

केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै समाजवादीले सुदूरपश्चिममा पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिईएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो। 

बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो। समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ।  नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना  र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै मुख्यमन्त्री शाहलाई सहर्थन रहने छ। 
स्तन्त्र सांसद डाक्टर तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन। उनले अहिलेसम्म कुनै पनि निर्णयमा नपुगेको बताएका छन्। 

तर नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागि नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत नपुग्ने देखिन्छ। समाजवादीले समर्थन फिर्ता लिएसँगै शाहसँग २६ र नयाँ गठबन्धनमा २५ जना भएका छन। राप्रपाका एकजना प्रदेश सभा सदस्यले पुरानो गठबन्धनमा विपक्षमा भोट हालेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -