Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:५३ दिउँसो
- ADVERTISEMENT -

एउटै व्यक्तिले २१७ पटक कोभिड विरुद्धको खोप लगाए

प्रकाशित मिति: २०८० फागुन २३, बुधबार

207
Shares

जर्मनीमा एकै पुरुषले २१७ पटक कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्यकर्मीहरूको सल्लाह विपरीत  ती पुरुषले बारम्बार खोप लगाएको खुलासा भएको छ । यो अनौठो घटनालाई ल्यान्सेट इन्फेक्सस डिजिज जर्नलमा समेत प्रकाशित गरिएको थियो ।

ती खोपहरू २९ महिनाको अन्तरालमा निजी तवरले किनेर लगाइएको पाइएको थियो । यत्तिका खोप लगाउँदा पनि ६२ वर्षका ती पुरुषमा कुनै साइड इफेक्ट नदेखिएको इल्र्याल्जेन–नरेम्बर्ग विश्वविद्यालयका अनुसन्धाताहरूले बताएका छन् । पत्रिकामा छापिएको लेखबाट आफूहरूले ती पुरुषबारे थाहा पाएको विश्वविद्यालयका माइक्रोबायोलोजी विभागका डा. किलियन शोबरले भनेका छन् ।

यो थाहा पाएर उनलाई अनेकौँ परीक्षणका लागि विश्वविद्यालयमै बोलाइयो । अनि रगत झिकियो । म्यादेबर्ग सहरको सरकारी अभियोजनकर्ताले ती पुरुषले १३० पटक सम्म खोप लगाएको प्रमाण जुटाएका थिए । धोकाधडीको आरोपमा ती अभियोजनकर्ताले पुरुषमाथि छानबिन थालेका थिए । तर उनीमाथि कुनै फौजदारी मुद्दा भने लगाइएन । बारम्बार खोप लगाउँदा शरीरमा केही कोशहरूलाई थकित हुन सक्छन् । तर ती पुरुषमा यस्तो कुनै प्रमाण भेटिएन । न त उनलाई कोभिडको सङ्क्रमण भएको सङ्केत नै फेला पर्‍यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -