कांग्रेस–माओवादी गठबन्धन सरकार ढलेपछि आलोपालोमा प्रधानमन्त्री कुरेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भड्किएका छन् ।
एउटा गठबन्धन टुटाएर अर्को बनाउने छलफलमा आफूसँग कुनै परामर्श नगरेको भन्दै नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भड्किएका हुन् ।
गठबन्धन टुटेर आफ्नो पालो नआएको भन्दा पनि २१ फागुनमा बनेको नयाँ गठबन्धनमा उपेन्द्र यादवले जति पनि भाउ नपाएको भन्दै नेपाल असन्तुष्ट बनेका हुन् ।
कांग्रेसलाई बिदा गर्दै प्रचण्डले एमालेको साथ लिएर बनाएको समीकरणमा नेपाल शुरूआति चरणमा छुटेका हुन् ।








































