गृह मन्त्रालयको टुंगो नलागेपछि पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा नगएर डीपी अर्याललाई पठाउने भएका छन् ।
रास्वपाको सोमवार बिहान बसेको सचिवालय बैठकबाट बाँकी निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको थियो
लामिछानेको दाबी भने उपप्रधानसहित गृह मन्त्रालयमा छ । तर गृह दिन माओवादी र एमाले तयार भइसकेका छैनन् ।
एता डीपी अर्याल भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोनको पर्खाइमा छन् ।








































