Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४३:०७ दिउँसो
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाहीले मन्त्रीको राजीनामा माग्दा माओवादी सांसदले मागे उनकै राजीनामा

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

285
Shares

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गर्ने क्रममा राप्रपाका सांसदहरू अलमलमा परेका छन् ।

विपक्षी सांसदहरूले संसद् अवरोध गर्दा राप्रपाका आधा सांसदहरू उठ्दा आधा भने बसिरहे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । प्रधानमन्त्री प्रचण्डको जवाफ नआएसम्म सदन चल्न नदिने उनको चेतावनी थियो । लगत्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीको भनाइको प्रतिवाद गर्दै उनकै राजीनामा मागे ।

आफूलाई राजीनामै दिन भनेपछि आक्रोशित भएका शाहीले निरन्तर बोल्न सभामुखसँग समय मागे । तर, सभामुखले दिएनन् ।

सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेले पनि विवादित मन्त्रीहरूको सम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उठेर अवरोध गर्‍यो ।

तर, राप्रपाका सांसदहरू आधा मात्रै उठे आधा भने बसिरहे । राप्रपाका सांसदहरू शाही, धवल शम्शेर जबरा, विना जैसवाल, रोशन कार्की उठिरहेका थिए । राप्रपाका सांसद दीपक सिंह, ध्रुव बहादुर प्रधान लगायत भने बसिरहेका थिए ।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक केही समयको लागि स्थगित भयो । माघ ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई युवकको मृत्यु भएको घटनालाई हत्या भनेका थिए । हत्या भए कारबाही किन नगरेको भनी सांसद शाहीले प्रश्न उठाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -