Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:०३ दिउँसो
- ADVERTISEMENT -

सितापाइला घटना: चारै जनाको शव एकै चितामा खरानी, शोकाकुल आफन्तको रुवाबासी

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

260
Shares

काठमाडौं । काठमाडौंको सीतापाइलामा परिवारका ३ जनाको हत्या गरेर आत्महत्या गरेको घटनाका चारैजनाको एकै चितामा शव जलाइएको छ ।

काजी भनिने राजु घिमिरे विश्वकर्माले बुधबार हत्या गरेका श्रीमती, छोरी र नातिनी र आत्महत्या गरेका उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।

बिहान ११ बजेदेखि पालैपालो सबैको शब जलाइएको हो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईँको घरमा डेरामा बस्दै आएका राजुले बुधबार बिहान ७ बजे घन, रड, चक्कू प्रहार गरी श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठको हत्या गरेका थिए ।

८ वर्षकी छोरी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको पनि हत्या गरेका थिए ।

ईश्वरीको श्रीमान् राजु घिमिरे पनि आधाघन्टा माथि रहेको जङ्गलमा आत्महत्या गरेका थिए । उनले आफूले हत्या गरेर आत्महत्या गरेका हुन् ।
दाहसंस्कारमा परिवारका अरू सदस्य तथा आफन्त आएका थिए । सोलुखुम्बुको विभिन्न संस्थाहरूका सदस्यहरू समेत दाहसंस्कारमा आएका थिए ।

श्रीमतीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले भिडिओ बनाएर नाम लिएका एक जना बिहीबार पक्राउ परेका छन् ।

१४ वर्षका छोरा अनीश श्रेष्ठलाई उनकै मोबाइलबाट खिच्न लगाएर नाम लिएका चितवनका श्रेष्ठ थरका एक व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।

श्रीमती, छोरी र २ वर्षकी नातिनीको हत्या गरेपछि काजीले १४ वर्षका छोरा अनीशलाई मोबाइलबाट भिडिओ खिच्न लगाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -