राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा दबाबमुलक र्याली निकालेको छ ।
राप्रपाले काठमाडौंको भृकुटीमण्डपबाट निकालेको दबाब र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरूले ‘हिन्दु राष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’ लगायतका नारा लगाएका थिए ।

र्यालीमा राप्रपाका शीर्ष नेताहरू सहभागी भएका थिए । सभा चलिरहँदा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।





















































