गोरखा — १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–४ का ६० वर्षिय वुद्धिमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २ गते डर त्रास देखाइ जबरजस्ती करणी गरेको भन्दै पीडितका बावुले दिएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
विकलाई शुक्रबार पक्राउ परेका थिए । आइतबार विक विरुद्ध जबरजस्ती करणी कसुर मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।








































