काठमाडौं । एसिसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले अहिले माल्दिभ्सविरुद्ध ब्याटिङ गरिरहेको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

समूह ‘डी’ मा रहेको नेपाल यसअघिका दुवै खेलमा जित निकाल्दै चार अंकसहित क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । मंगलबारको खेलमा पनि जित निकाल्दै नेपाल समूह विजेताको रुपमा क्वार्टरफाइनलमा स्थान बनाउने योजनामा छ ।

समूह ‘डी’बाट क्वार्टरफाइनल पुग्ने अर्को टोलीको टुंगो हङकङ र भुटानबीचको खेलको विजेताले लगाउनेछ । दुवैले नेपालसँगको खेल गुमाए पनि माल्दिभ्सलाई भने हराएका थिए । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो ।

माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्