काठमाडौं :  आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा निर्यात र आयातमा कमी आएको छ। पुस महिनाको अवधिमा कूल वस्तु निर्यातमा ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले कमी आएको हो। 

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्यातमा कमी हुनुमा उत्पादन कम्पनीहरूले गति लिन नसक्नु् नै मुख्य कारण रहेको बताए। अर्थमन्त्री महतले आयातमा कमीबारे  सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए।

यसैगरी यो अवधिमा २४ अर्ब  ४८ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत  भएको छ। बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको अवस्था रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

यो अवधिमा विप्रेषण  आप्रवाह नेपाली मुद्रामा २५.३० प्रतिशतले बढेको छ। यो ७ अर्ब  ३३ अर्ब २२ करोड पुगेको अवस्था हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्