चौथो संस्करणका लागि मिस टुरिजम नेपालले १ ०० जना प्रतिस्पर्धी मध्यबाट अहिले १० जना प्रतिश्पर्धी राखेको छ । आर के ईन्टरटेन्टमेन्ट ग्रुप मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम ईन्टरनेसनल , प्रतिस्पर्धी तयार पार्दै आएको हो । यो वर्षदेखि अर्को दुई ताजहरु समेत थप गरी यो वर्ष बाट ३ नेपाली चेलीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ । सहभागितामा रहेका १० जना मात्रै अग्र स्थानमा आएका छन् । नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै नेपालमा पर्यटन भित्राउन मिस पर्यटनले सहयोग पुर्याउने देखिन्छ। छनोटमा परेका १० जनाको माघ १ देखि ट्रेनिंग सेसन चल्ने आयोजकले बताएका छन । नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्य बाट सेसन चलि रहेको छ। मिस पर्यटन नेपाल २०२४ का बिजेताले नगदको साथै कम्पनी goodwill ambassador र नेपाली चलचित्रमा नायिका समेत हुदै , तिनै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्