Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:११ बिहान
- ADVERTISEMENT -

क्यानडाविरुदको सिरिज ‘क्लिन स्विप’ गर्न नेपाललाई २३३ रनको चुनौती, हेमन्तलाई डेब्यूमै तीन विकेट

प्रकाशित मिति: २०८० माघ २९, सोमबार

363
Shares

क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले २३३ रनको विजयी लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार दिउँसो क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नभ्नीन धालीवालले ५० रन बनाए । यस्तै, निखिल दत्ताले ४५ रन बनाए । 

सादबिन जाफरले ३१ रन बनाए भने श्रीयस मोभ्भाले २५ रन जोडे । क्यानडाका हर्ष ठाकेरले २९ रन बनाए ।

नेपालका लागि आजै डेब्यू गरेका हेमन्त धामीले तीन विकेट लिए । यस्तै कुशल मल्लले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक/एक विकेट लिए । 

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भने जितिसकेको छ । सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।

पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए ।

दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो । 

यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्यान्ड्स खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृ‌खला हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -