Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०२ बिहान
- ADVERTISEMENT -

६० वर्ष अघिकी प्रेमिकाले पोष्टकार्ड पठाएपछि हत्या प्रयास

प्रकाशित मिति: २०८० माघ २५, बिहीबार

275
Shares

 उमेरसँगै मान्छेको बुद्धि पलाउँछ, मान्छे बुद्धिमान बन्दै जान्छ र सुझबुझ बढ्छ भनेर भन्छन् । तर ईर्ष्या चाँहि कहिले बुढो नहुने रहेछ । 

अमेरिकामा एक महिलाले ६० वर्ष अघिकी प्रेमिकाबाट पोष्टकार्ड लिएको निहुँमा आफ्नो पतिको हत्या गर्ने कोसिस गरेकी छिन् । आरोपी फ्लोरिडाकी ७१ वर्षकी बर्था याल्टर हुन् । उनीमाथि हत्याको प्रयास गरेको अभियोग चलाइएको छ ।

रिसको झोकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । निहुँ भने ६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएको थियो । पुरुषको शरीरभरि चोटैचोट थियो । दुवै पाखुरा र पेटभरि घाउ नै घाउ थिए । दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । श्रीमानले पुरानी प्रेमिकाले पठाएको पोष्टकार्डको जवाफ पठाउन खोजेपछि बर्था रिसाएकी थिइन् । त्यस्तो हिंस्रक व्यवहार किने गरेको भनेर चाँहि उनले चित्त बुझ्दो जवाफ दिन सकिनन्

वृद्ध दम्पत्तिबीच झगडा भएको अनि पतिमाथि महिलाले गरेको व्यवहार खेदजनक भएपनि हत्याकै प्रयास भनेर। अभियोग लगाउन जरुरी नभएको महिलाको वकिलको दाबी थियो । बर्थाको श्रीमानको शरीरभरि पत्नीले दिएको घाउचोट बिस्तारै निको भइरहेको छ । उनी पत्नीलाई जेलबाबट निकाल्ने प्रयासमा छन् । सुरुमा उनले पत्नीले आफ्नो मुख तकियाले थिचेको भनेर बताएका थिए ।

तर अहिले उनी आफूहरूबिच त्यस्तो केही नभएको अनि आफू ठिक छु भनेर भनिरहेका छन् । मोबाइल फोनमा यो घटनाको बेलाको भिडियो भेटिएको छ । के भएको थियो भन्ने स्पष्ट बनाउन यसलाई प्रहरीले प्रमाणको रुपमा प्रयोग गर्दैछ । बर्था अझै पनि जेलमा छिन् वा रिहा भइसकिन् भन्ने स्पष्ट छैन । अदालतको आदेश अनुसार उनी श्रीमानको आसपास आउन पाउने छैनन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -