Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:४३ बिहान
- ADVERTISEMENT -

रवि विरुद्ध कम्पनी रजिष्ट्रारमा पनि मुद्दा, झुटा लिखत बदरको माग

प्रकाशित मिति: २०८० माघ २५, बिहीबार

251
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा झुटो लिखत र बैंक स्टेटमेन्ट पेश गरेको भन्दै कारबाही माग गर्दै उजुरी दर्ता भएको छ । सो निवेदनमा कम्पनी ऐन विपरीत झुटो लिखत र बैंक स्टेटमेन्टका आधारमा गरिएको शेयर दाखिल खारेज बदर गरी हदैसम्म कारबाही र सजायको माग गरिएको छ ।

दर्ता नम्बर ३६३१ रही माघ २३ गते दर्ता गरिएको सो मुद्दामा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको शेयर खरिद/बिक्रीमा ऐन विपरीत हुनेगरी झुटो लिखत पेश गरेको जिकिर गरिएको छ । उजुरीमा लेखिएको छ, ‘रवि लामिछानेले उक्त कम्पनीमा निजको नाममा रहेको कसैको हकभोग नलाग्ने शतप्रतिशत रकम चुक्ता भएको शेयर कि.नं. १०२०००१ देखि १२००००० सम्मको जम्मा १८०००० थान शेयर बापतको रकम रु. १,८०,००,०००/- (अक्षरुपी रु एक करोड असी लाख) मात्र बुझिलिई सोही प्रालि कम्पनीका शेयरधनी गितेन्द्रबाबु राईलाई सञ्चालक समितिको सहमतिको मञ्जुरीले उल्लिखित शेयर बिक्री गर्नुभएको बिक्रीनामाको लिखत तयार पार्न लगाई सोही लिखत त्यस कार्यालय समक्ष पेश गरी सोही विनामाको लिखत तथा ग्लोबल आइएमई बैंकमा रहेको निजको बैंक खाता नं ००३०७०१०००५९१३ को बैंक स्टेटमेन्ट समेत पेश गरी उक्त शेयरहरू दाखिल खारेज गर्नु भई शेयर हस्तान्तरण पश्चात् कम्पनी ऐन, २०६३ को दफा ४६. उपदफा (१) सँग सम्बन्धित शेयरधनी दर्ता किताब अद्यावधिक गरी मिति २०८०/०५/११ मा लिने क्रममा झुटो लिखत पेश गरेका हुन् ।’

सो उजुरीमा ग्लोबल आइएमई बैंकले खातामा उल्लेखित रकम जम्मा नै नभएको स्पष्ट पारेको हुनाले लामिछानेले झुटो विवरण पेश गरेको दाबी गरिएको छ । रवि लामिछानेले आफूले उक्त शेयर बिक्रीको कारोबार कागजी प्रक्रिया मिलाउनका लागि मात्रै गरेको र कुनै बैंकिङ कारोबार समेत नभएको भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको विषयलाई पनि कारबाहीको आधारका रूपमा उजुरीमा उल्लेख गरिएको छ ।

निवेदकको दाबी छ – निजले कम्पनी ऐन बमोजिमको शेयर बिक्री तथा दाखिल खारेज एवं हक हस्तान्तरणको समय कानुनी प्रक्रियालाई खेलाँची र मजाकका रूपमा मात्र लिई साधिकार निकाय त्यस कार्यालय समेतलाई गुहराममा पारी हुँदै नभएको बैंक कारोबारबाट रकम लेनदेन भई हक हस्तान्तरण भइसकेको भन्ने झुटो ब्यहोरा र लिखत त्यस कार्यालयमा पेश गरी सोही झुटो ब्यहोरा उल्लेखित जालसाजयुक्त लिखतका आधारमा शेयर हक हस्तान्तरण कार्य सम्पन्न गरी शेयरधनी दर्ता किताबमा निजको नाम कट्टा गरी दर्ता किताब अद्यावधिक गराएको पुष्टि हुन आएको छ ।

कानुन निर्माताको पदमा बहाल रहेका निज लामिछानेले व्यक्तिगत स्वार्थपूर्तिका लागि कानुनद्वारा निर्धारित प्रक्रियालाई मनोमानी ढंगले खेलाचीं तुल्याएर गर्दै नगरेको बैकिङ करोवारलाई गरेको हो भन्ने देखाएर बैंक स्टेटमेन्ट त्यस कार्यालयमा पेश गरी शेयर बिक्री गरेको भनी दाखिल खारेजको प्रक्रिया सम्पन्न गरेकोमा उक्त सम्पूर्ण शेयर बिक्रीनामाको कागजात र लिखत फर्जी तथा झुटो ठहर हुन पुगेको दाबी निवेदनमा छ ।

निवेदनमा अगाडी लेखिएको छ – ‘निज रवि लामिछानेले कम्पनी ऐनको प्रावधान विपरीत सूर्यदर्शन सहकारीबाट निज प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा गैरकानूनी ढंगले ऋण लिई उक्त सहकारीका बचतकर्ता हजारौँ सर्वसाधारणहरूको बचत फिर्ता नहुने स्थिति सिर्जना गरी बचतकर्तालाई नोक्सानी पुर्‍याएकोमा कम्पनी ऐनको दफा १६३ बमोजिम निज रवि लामिछाने समेतबाट उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कप्रालि. ले लिएको पुलेसो कर्जा रु. १ करोडको बिगो समेत निजको घर घरानाबाट असुल उपर गरी सूर्यदर्शन सहकारीका बचतकर्तालाई फिर्ता गराई पाऊँ अनि सादर निवेदन गर्दछु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -