काठमाडौं-हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०८० माघ २४ गते सोमबार ‘संगै उत्कृष्टता हासिल गरौं’ भन्ने मृ्ल नाराका साथ वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२४ सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् उद्घाटनसमारोहका सभापति सह-प्राध्यापक रेवती प्रसाददाहालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

हरेक वर्ष सहिद दिवसको अवसर पारेर माघ १६ गतेदेखिखेलकुद कार्यक्रम सुरु गर्ने गरिएकोमा यस वर्षविद्यालयमा माघ १४ गतेदेखि २२ गतेसम्म प्याब्सनद्वारा संचालित कक्षा १० को एसईई प्री–बोर्ड परीक्षाको परीक्षाकेन्द्र कायम भएका कारण कार्यक्रम केहि दिन ढिला गरिसुरु गरिएको कार्यक्रम माघ २४ गतेदखि २६ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यक्रममा फुटसल, बास्केटबल, व्याडमिन्टन, कराते, बुद्धिचाल, टगअफ वार, क्यारम बोर्ड, रोड रेस लगायत विभिन्न ३७विधामा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले १०९स्वर्ण, १०९ रजत तथा १०९ कास्य पदकहरूका लागि प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटनसँगै सुरु भएको जुनियर तर्फको बास्केटबल खेलमा आ–आफ्ना प्रतिस्पर्धी टिमलाई पराजित गरी फाइनल प्रवेश गरेका रेड हाउसका दुवै ब्वाइज तथा गर्ल्स टिमविजेता बन्न सफल भए । ब्वाइज तर्फ रेड हाउस र ग्रिन हाउस बिचको खेलमा रेड हाउसले ग्रीन हाउसमाथी १९-१४को जित निकाल्दै विजेता बन्दा गर्ल्स तर्फपनि रेड हाउसले ग्रीन हाउसमाथी १६—१२ ले बाजी मार्यो । त्यसैगरी पहिलो दिन व्याडमिन्टन, बास्केटबल, क्यारम बोर्ड,बुद्धिचाल लगायत १६ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष रेवती प्रसाद दाहालले उत्कृष्ट शैक्षिकउपलब्धिको लागि शारीरिक र मानसिक रुपमा स्फुर्तराख्न खेलकुदले सहयोग गर्ने कुरामा जोड दिंदै कार्यक्रमसफलताको शुभकामना दिनुभयो । त्यसै गरी विद्यालयका संस्थापक निर्देशक जेबी हमालले खेलकुदको विकासका लागी दिर्घकालीन सोचका साथ विद्यालयमा खेलकुदका भौतिक पुर्वाधारहरु अझै थप गर्दै जाने क्रममा फुटसलग्राउण्ड निर्माण भाइरहेको र आगामी शैक्षिक सत्र २०८१को सुरुवात संगै संचालनमा आउने कुराको जानकारी दिंदैकार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने बताउनुभयो ।













































