Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४८:३४ दिउँसो
- ADVERTISEMENT -

सामान्य अंकले बढेको बजारमा ५ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा वृद्धि 

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

428
Shares

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेको छ।

यसदिन नेप्से ०.२३ प्रतिशतले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज कारोबार रकम २५ करोड रूपैयाँ बढी हो।

यस दिन ३१३ वटा धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६६ रूपैयाँ ७० पैसा पुगेको छ।

९.५% एनसिसी डिवेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.२५ प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको मूल्य ९३५ रूपैयाँ कायम भएको छ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ४.८७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५६६ रूपैयाँ कायम भएको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६९६ रूपैयाँ १० पैसामा २४ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.२५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७२ रूपैयाँमा ६ करोड ६२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ।

यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -