Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:२३ दिउँसो
- ADVERTISEMENT -

व्यापारीको पैसा खाएका नेताले बाँसबारी प्रकरणमा पक्राउ परेकालाई छाड्न दबाब दिए-अमरेश सिंह

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

308
Shares

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका नेताले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई छाड्न दबाब दिएको बताएका छन् । सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको उनले आरोप लगाए ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सिंहले बाँसबारी जग्गा हिनामिनामा पक्राउ परेकालाई छाड्न प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताले प्रहरीलाई दबाब दिएको बताएका हुन् ।

‘सरकारको संरक्षणमा, सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको हो । बाँसबारीको कुरा आयो । प्रहरीले समातेको २ घण्टा नहुँदै प्रधानमन्त्री र गठबन्धनका नेताबाट प्रहरीको आईजीलाई तारन्तार फोन जान थाल्यो, तुरुन्तै छाड्नू । किनकि त्यही व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका छौं’, सांसद सिंहले आक्रोशित हुँदै संसद्‌मा भने । 

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई छाड्न सत्तारुढ दलका नेताहरूले प्रहरीलाई दबाब दिएको समाचार बाहिर आएको थियो । 

बुधवार नै प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको भन्दै प्रष्ट पार्न कांग्रेससँग माग गरेका छन् । 

‘उद्योग व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु’ सुवालले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -