Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:१८ दिउँसो
- ADVERTISEMENT -

वडाध्यक्षलाई स्वतः विद्यालयको अध्यक्ष बनाउँन रोक

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

331
Shares

स्याङ्जाको वालिङ नगरपालिकाले वडाध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी संशोधन गरेको ऐनमा अदालतले रोक लगाएको छ ।

नयाँ प्रावधानलाई तत्काल यथास्थितिमा राख्न उच्च अदालत पोखराले आदेश दिएको हो । नगरपालिकाका कार्यपालिका सदस्य भक्त गोतामेले संशोधन गरिएको ऐनलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा पेस गर्नुभएको थियो ।

उच्च अदालतले १५ दिनभित्र ऐन संशोधनको कारणसहित अदालतमा उपस्थित हुन विपक्षी वालिङ नगरपालिकालाई आदेश दिएको छ । पालिकाको १५ औँ नगर सभाले नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।

पालिका उपप्रमुख कविता तिवारीसहितका जनप्रतिनिधिले सभा बहिष्कार गरे पनि बहुमतका आधारमा ऐन संशोधन गरिएको थियो । वालिङले नयाँ प्रावधान अनुसार मावि तहका विद्यालयमा सोही वडाका वडाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो ।

आधारभूत विद्यालयको हकमा वडाध्यक्ष वा निजले तोकेको व्यक्ति अध्यक्ष हुने व्यवस्था राखेको थियो । संशोधन अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न जनप्रतिनिधिको हकमा योग्यता आवश्यक नपर्ने बनाइएको थियो ।

संघीय ऐन अनुसार मावि वा सोभन्दा माथिको तहका विद्यालयमा अध्यक्ष बन्न एसएलसी वा सोसरहको योग्यता हुनुपर्ने उल्लेख छ । राजपत्रमा सूचना प्रकाशन गरेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न नगर प्रमुख कृष्ण खाणले निर्देशन जारी गर्नुभएको थियो ।

अदालतको आदेशसँगै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिनबाट वडाध्यक्षलाई पछि हट्नु परेको छ । विवादास्पद नगर शिक्षा ऐन स्थगित गर्न नगर शिक्षा समितिका सदस्यले ध्यानाकर्षण गराउँदै आएका थिए । शिक्षा समिति सदस्य जीवलाल काफ्ले भन्नुहुन्छ, “पालिकाबाट गर्नै नहुने काम भएको छ, यो संघीय कानुनको विरुद्ध छ ।”

वालिङमा नगरप्रमुख एमालेबाट निर्वाचित भएको भएतापनि कार्यपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ ।

नगर प्रमुखमा नेकपा (एमाले) का कृष्ण खाण र उपप्रमुखमा कांग्रेसका कविता तिवारी हुनुहुन्छ । एमालेका नेता तथा कार्यकर्ताले यसमा समर्थन जनाउँदै आएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले विरोध गर्दै आएका छन् । अभिभावक, शिक्षक, कार्यपालिकाका सदस्यलगायत सरोकारवालाले वालिङको शिक्षा थप अस्तव्यस्त र कमजोर हुन सक्ने भन्दै सामाजिक सञ्जालबाट विरोध जनाइरहेका छन् ।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले पनि वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउन नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो्, ‘नेपाल शिक्षक संघको स्पष्ट दृष्टिकोण भनेको विद्यार्थीका आमा, बुबा, बाजे, बज्यैमध्येबाट हुनुपर्छ भनेका छौं । राजनीतिक दलका मानिसहरुलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएर यदि लगिन्छ भने त्यो स्कुलमा सोझै राजनीति प्रवेश हुनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -