संघीय संसद्मा नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । बुधबार संसद् भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा पदमा नियुक्त गरेका थिए ।








































