Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२०:३७ दिउँसो
- ADVERTISEMENT -

टेलिकमको एनेभर्सरी अफरः ३९९ रुपैयाँमा ३० जीबी डेटादेखि ७८९ को आकर्षक कम्बोसम्म

प्रकाशित मिति: २०८० माघ २२, सोमबार

282
Shares

 सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक एनेभर्सरी अफर सार्वजनिक गरेको छ । कम्पनी २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको अवसरमा यी अफर ल्याइएको हो ।

टेलिकमले एनेभर्सरी कम्बो र एनेभर्सरी अफर गरी दुई प्रकारका अफर सार्वजनिक गरेको छ । एनेभर्सरी कम्बो अफर अन्तर्गत दुई ओटा प्याकेज र एनेभर्सरी अफर अन्तर्गत छ ओटा प्याकेज रहेका छन् ।

एनेभर्सरी कम्बो अन्तर्गत २९९ रुपैयाँमा नौ जीबी डेटासहित १५ दिनका लागि टेलिकमको नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट टाक टाइम, १०० एसएमएस पाउन सकिनेछ । यस बाहेक १९९ रुपैयाँमा सात दिन मान्य अवधि रहेको अर्को कम्बो प्याक समेत उपलब्ध गराइएको छ । जसमा पाँच जीबी डेटा, ५० मिनेट नेटवर्कभित्र कल गर्न सकिने टकटाइम र ५० एसएमएस पाउन सकिन्छ ।

त्यस्तै कम्पनीले एनेभर्सरी अफरको रूपमा अन्य पाँच ओटा प्याकेज समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत ७८९ रुपैयाँमा ३० दिन मान्य अवधि रहेको ३० जीबी डेटा, एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा कुरा गर्न सकिने ६०० मिनेटको टकटाइम र २०० एसएमएस पाउन सकिन्छ ।

त्यस्तै ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी प्याकेज रहेको छ, जसमा पोस्टपेड ग्राहकको रेन्टल चार्ज समेत समावेश  छ।

यसैगरी १२ दिनका लागि २९९ रुपैयाँमा २० जीबी र १९९ रुपैयाँमा सात दिनका लागि १३ जीबी डेटा र पाँच दिनका लागि ६ जीबीको १११ रुपैयाँको डेटा प्याक पाउन सकिन्छ । 

यस बाहेक एक दिनका लागि ४९ रुपैयाँमा एक एमबीपीएस गतिको अनलिमिटेड डेटासँगै नेटवर्क भित्र कुराकानी गर्न सकिने १०० मिनेटको टकटाइसहितको कम्बो प्याक पनि रहेको छ ।

यी प्याकेज कम्पनीले औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ । तर मोबाइलमा *1415# डायल गरेर अथवा नेपाल टेलिकम मोबाइल एपबाट खरिद गरेर प्रयोग गर्न सकिने गरी उपलब्ध भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -