- ADVERTISEMENT -

सीके राउतको दाबी: विभिन्न काण्डमा रवि लामिछाने जुनसुकै बेला फस्दैछन्

February 5, 2024
97
Shares
- ADVERTISEMENT -

काठमाडौं,२१ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रवि लामिछाने नेतृत्वको रास्वपालाई कुनुैपनि निति विधि र पद्धती नभएको पार्टीका रुपमा चित्रण गरेका छन् ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै राउतले पछिल्लो निर्वाचनबाट उदाएको रास्वपा कुनै राजनैतिक वा आर्थिक दर्शन बोकेर उदाएको नभई बरू वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको दाबी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गत मंसिरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकमा प्रस्तुत राजनैतिक प्रतिवेदन अनुसार रास्वपाले ुव्यवस्था भित्र रहेरै जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव छ चितवन निर्वाचन क्षेत्र नं २ मा पाएको मतकै आधारमा एउटै दलले दुई तिहाई बहुमत लयाउन सम्भव छ जस्ता अतिआशावादी निर्रथक दृष्टिकोण राखेको जनमतको दाबी छ ।

डा राउतले आफ्नो प्रतिवेदनमा रास्वपाबारे भनेका छन् ‘खसआर्य र सम्भ्रान्त वर्गको बर्चस्वरहेको पार्टी स्वभाविक रूपमा मेरिटोक्रेसी (गुणतन्त्र) को वकालत गर्छ र धरातलीय राजनैतिक संघर्षबाट नभई एनजिओ संस्कृतिबाट उदाएकोले यसले उम्मेदबार क्लब र लीडरशीप एकाडेमी जस्ता संयन्त्रको परिकल्पना गरेको छ। यस पार्टीसँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना देखिँदैन । यसको नेत्तृत्वको जतिचाँडो सकिन्छ कुनै तरीकाले २०८४ पहिलानै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सिमित देखिन्छ मानौं प्रधानमन्त्री बन्ने वित्तिकै देशको सारा समस्या समाधान हुनेछ । अर्को कुरा नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारू सहितका सीमान्तकृतवर्गको मुद्दा सम्बोधन गर्न यो पार्टीले सक्दैन । नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेशकेन्द्रित नेता र दलहरूको विरोध, थरूहट आन्दोलन र पहिचान आन्दोलन प्रतिको दृष्टिकोण यसका परिचायक हुन्। यो पार्टी लोकप्रियतावादबाट बढी निर्देशित छ, जसको उदाहरणमा राष्ट्रपति संस्थाको विरोध, सेनाको विरोध, संघीयताको विरोधलाई लिन सकिन्छ । यी संस्थाहरूलाई आफ्नो राजनैतिक दर्शनले चिर्नुभन्दा पनि भीडको हो मा हो मिलाउनु र लोकप्रतियता हासिल गर्नु नै यसको ध्येय देखिएको छ’।

- ADVERTISEMENT -

Advertisement

शुरूमा धेरै सम्भावना बोकेको रहेतापनि दीर्घकालीन् योजनाको अभाव रहेको हुँदा रास्वपाको नेतृत्वमा रहेका रवि लामिछानेले विगतमा गरेका गल्तीहरूको कारणले लगातार संकटमा आउँदै गरेको र नागरिकता काण्ड, पासपोर्ट काण्ड, अडियो काण्डदेखि सहकारी काण्डमा सरकारले जतिखेर पनि फँसाउन सक्ने हुँदा कुनै आन्दोलनको नेतृत्व लिने क्षमता नभएको राउतको प्रतिवेदनमा उल्लेख छ ।

‘यसको नेतृत्वमा राज्यको अगाडि झुक्नु पर्ने बाध्यता सृजित हुँदै आएको छ । आफैले उठाएका भ्रष्टाचारका मुद्दाहरूमा पनि समेत पछिल्लो समयमा खुलेर बोल्न नसक्नु र चुप लागेर बस्नु यही बाध्यताको उदाहरण हो। यति भन्दाभन्दै यो पार्टी दीर्घकालीन योजना बनाएर, आन्दोलन गर्न सके, सबभन्दा बढी सम्भावना बोकेर आउने पार्टी हो ’ उनले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -