राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई दु:ख दिएर नभई नेताले दु:ख गरेर परिवर्तन गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टीको ‘राष्ट्रव्यापी दबाब अभियान’ उद्घाटन गर्दै लामिछानेले जनतालाई दबाएर नभई अगाडि लगाएर राजनीति गर्ने बताए ।
‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ। त्यसको शान्त विरोध रास्वपाले गरेको हो।’ उनले भने, ‘अब जनतालाई दु:ख दिन पुग्यौं। केही गर्नुपर्छ भने नेताले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ। भनेर होइन गरेर देखाउनुपर्छ।’








































