Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:११ दिउँसो
- ADVERTISEMENT -

अमेरिका र बेलायतले गरे यमनमा हुथीलक्षित आक्रमण

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

367
Shares

संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा आक्रमण गरेका छन्।

यमनमा इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै शनिबार अमेरिका र बेलायतले आक्रमण गरेको हो।

समाचार संस्था रोयटर्सका अनुसार दुई देशले यमनमा हुथीका विभिन्न १३ स्थानका ३६ किल्लाहरूलाई निशाना बनाएको छ।

उनीहरूले हुथी विद्रोहीको कमाण्ड सेन्टर र  हतियार भण्डारण गृहमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तिनै इलाकाहरूबाट रेड सी भएर चल्ने जहाजहरूमा हुथीले मिसाइल आक्रमण गर्ने गरेको बताउँदै अमेरिका र बेलायतले त्यसलाई निस्तेज पार्ने बताएको छ।

अमेरिकी सुरक्षा सचिव लोयड अस्टिनले सो आक्रमणबाट हुथीलाई रेड सीमा पुनः हमला नगर्न सन्देश दिइएको बताएका छन्। ‘उनीहरूले फेरि पनि आक्रमण गरे उनीहरूले थप क्षति ब्यहोर्नुपर्छ,’ उनले भनेका छन्।‍मंसिरको अन्तिम सातादेखि अमेरिका र बेलायत लगायतका देशहरूले इरान समर्थित विद्रोही समूहविरूद्ध आक्रमण गर्दै आइरहेको छ।

एक साताअघि जोर्डनमा भएको ड्रोन हमलामा तीन जना अमेरिकी सैनिक अधिकारी मारिएका थिए।

त्यसमा इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी)को हात रहेको निष्कर्ष निकाल्दै अमेरिकाले शुक्रबार त्यसका समर्थित समूहलाई लक्षित गरी शुक्रबार इराक र सिरियामा पनि हवाई आक्रमण गरेको थियो।अक्टोबर ७  देखि सुरू भएको इसराइल-हमास युद्धपछि हुथीले रेड सी मा अमेरिका र इसराइलका जहाजहरूलाई लक्षित गरी आक्रमण गर्दै आइरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -