Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:५५ बिहान
- ADVERTISEMENT -

च्याम्पियन फूटवेयरका नाममा चौधरी ग्रुपले कीर्ते गरेर जग्गा हडपेको देखियो– सीआईबी

प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार

269
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारिक घराना चौधरी ग्रुपका सदस्य शेयर सदस्य रहेको च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको प्रमाण फेला परेको बताएको छ । 

काठमाडौंमा रहेको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरुण चौधरीलगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट सीआईबीले पत्रकार सम्मेलन गरेर च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको हो । 

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोद चौधरीको नाम छ । 

सीआईबीले शुक्रवार प्रकाशित गरेको विज्ञप्तिमा ‘च्याम्पियन फूटवेर’को नाम उल्लेख गरे पनि यसका सञ्चालकहरूको विवरण उल्लेख गरेको छैन ।

सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण गर्ने बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।

सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले मिति २०४३/०५/१० गते बाँसबारी छालाजुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फूटवेयर लि. को नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत शेयर लिनेगरी क्यान्भास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौं साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–०  मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको च्याम्पियन फूटवेयर लि.को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत शेयर लिनेगरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको सम्झौताबमोजिम रु. १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा २६, ००, २७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्‍याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन, २०२० को कीर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर अनुसन्धानका लागि निम्न मानिसलाई पक्राउ गरी कानूनबमोजिम अनुसन्धान भइरहेको

सीआईबीका प्रवक्ता नवराज अधिकारीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।   

विज्ञप्तिमा ‘अरुण चौधरी समेत सञ्चालक’ रहेको उल्लेख गरे पनि त्यसमा विनोद चौधरीको नाम समेत जोडिएको छ ।

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको समेत प्रत्यक्ष संलग्नता देखिए पनि राजनीतिक दबाबका कारण उनको नाम ‘स्किप’ गर्न खोजेजस्तो देखिएको छ ।

‘व्यक्तिभन्दा पनि फूटवेयर कम्पनीको नाममा जग्गा हस्तान्तरण भएको देखिन्छ । सरकारी जग्गा अपचलनमा त्यो बेलाका सञ्चालक विनोद चौधरीले उन्मुक्ति पाउने ठाउँ छैन,’ प्रहरीका एक उच्च अधिकारीले भने । 

अजितनारायण सिंह थापा पक्राउ परेलगत्तै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले सीआईबीमा पुगेर अनावश्यक दबाब दिएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -