गौर, माघ १६ गते । नेपाली कांग्रेसको अभियान मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडाहरुमा मंगलबारदेखि सुरु भएको छ । नेपाली कांग्रेसको ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियान माघ १६ गते देखि २६ गतेसम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडामा.सञ्चालन गरिएको हो।
अभियान सञ्चालनको लागि केन्द्रिय सदस्यहरु पर्सा किरण यादब, बारा अनिल रुकटा, रौतहट अजय सिवाकोटी, सर्लाही गणेश लामा, महोत्तरी पदम नारायण चौधरी, धनुषा राजिव ढुंगाना, सिराहा अमृत अर्याल र सप्तरी लक्ष्मी खडिवडा केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरु आ–आफ्नो वडा स्तरमा विभिन्न कार्यक्रम गरि सहिद दिवसको अवसरमा गरिएको नेपाली कांग्रेस मधेशप्रदेश प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले बतानुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिहरु नेपाली कांग्रेस आजदेखि मधेस प्रदेशको सबै वडाहरुमा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्कासँगको विचार भावनालाई बुझ्ने एवम् नागरिकको गुनासाहरु सुनेर टिपोटहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने उहाँले बताउनुभयो ।
यस कार्यक्रम मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, नगर सभापति, माहासमिति सदस्य, माहाधिवेशन प्रतिनिधिहरु, पूर्व पधिकारी, संगठनका जिम्मेवार पदाधिकारीहरुलाई परिचालन गरि सबै वडामा प्रतिनिधिलाई खटाएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश अन्तर्गत रहेकोे आठ ८ जिल्ला सभापतिहरूको अध्यक्षतामा बसि बैठकले निर्णय गरि सबै वडामा अभियान सञ्चालन गर्ने निर्णय भएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताउनुभयो ।








































