वीरगन्ज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिरपछाडिबाट सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले १० वटा साइकलमा लोड गरी ल्याइँदै गरेको अवस्था मा ३६ लाख ३९ हजार मूल्य बराबरको जुत्ता र कस्मेटिक समान बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा चेक गर्ने क्रममा सीमावर्ती इलाकामा अवैध रूपमा दस वटा साइकलमा लोड गरी ल्याइँदै गरेको जुत्ता र कस्मेटिक समान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले जनाएका छन् ।








































