Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:५९ दिउँसो
- ADVERTISEMENT -

त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवामा विद्यार्थीको अकाउन्ट नै भेरिफाई नहुने समस्या

प्रकाशित मिति: २०८० माघ १६, मंगलबार

151
Shares

त्रिभुवन विश्वविद्यालयले सोमवारदेखि सञ्चालनमा ल्याएको सर्टिफिकेट एप्लिकेसन पोर्टलमा समस्या भएको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । अनलाइन सेवाका लागि भेरिफिकेसन ईमेल नै नआएको भन्दै उनीहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत गुनासो गरेका हुन् ।

अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी त्रिवि परिक्षा नियन्त्रण कार्यालयले यो पोर्टल सञ्चालनमा ल्याएको हो । तर अनलाइन आवेदन दिन अकाउन्ट बनाउँदा आफूहरूलाई भेरिफिकेसन ईमेल नआएको विद्यार्थीले बताएका छन् ।

आवेदन दिनुअघि टीयू एक्जामको साइटमा गएर सर्टिफिकेट एप्लिकेसन पोर्टलमार्फत अकाउन्ट बनाउनुपर्ने हुन्छ । अकाउन्ट बनाउन विद्यार्थीको रजिस्ट्रेसन नम्बर, नाम, ईमेल, मोबाइल नम्बर तथा पासवर्ड राख्नुपर्ने हुन्छ । यति गरेपछि त्यहाँ राखिएको ईमेलमा भेरिफिकेसन मेल जान्छ ।

भेरिफिकेसन मेलमा पठाइएको लिङ्कमा गएपछि मात्र अकाउन्ट भेरिफाई हुन्छ । तर, अकाउन्ट भेरिफाई नभएसम्म अगाडिको प्रक्रियामा पुग्न सकिंदैन । विद्यार्थीहरूले यही भेरिफिकेसन ईमेल नआएको भन्दै गुनासो गरेका छन् । 

पनिकाका एक कर्मचारीले पनि अधिकांश विद्यार्थीले भेरिफिकेसन ईमेल नआएको समस्या सुनाइरहेकाे बताए । “हामीलाई पनि धेरैले फोन गरेर भेरिफिकेसन मेल आइरहेको छैन भन्नु भएको छ,” ती कर्मचारीले भने, “यो समस्या हाम्रो प्राविधिक टोलीलाई भनिसकेका छाैं । अबको दुई चार दिनमा समस्या पूर्ण रूपमा समाधान हुन्छ भन्नु भएको छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -