Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:२० दिउँसो
- ADVERTISEMENT -

चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन गर्ने सहमति

प्रकाशित मिति: २०८० माघ १५, सोमबार

263
Shares

चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे ।

आउँदो शनिबारबाट क्याम्प सुरु गर्ने क्रिकेट संघका अध्यक्ष पियाले जानकारी दिए 

आठ वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई क्याम्पमा सामेल गराइने पियाले बताए । उनीहरुलाई क्रिकेटका अनुभवी कोचले प्रशिक्षण दिने छन् । बलिङ मेशिन पनि ल्याएर प्रशिक्षण दिन लागेको पियाको भनाइ छ ।

शनिबार र अन्य सार्वजनिक विदाको दिन पारेर प्रशिक्षण हुने छ । दिनको तीन घण्टाको दरले आठ दिनसम्म प्रशिक्षण दिने चितवन क्रिकेट संघले जनाएको छ ।

‘५० जनाको हाराहारीमा विद्यार्थी क्याम्पमा सामेल हुने सम्भावना छ । विद्यालय तहबाटै क्रिकेट बारे बुझाउँदै अनुभवी र प्रोफेशनल कोचले सिकाउने यो साम्रो अवसर हो । शुल्क सहुलियत पुर्ण नै छ । हामीले बीमासहित एक हजार ७५९ रुपैयाँ क्याम्प शुल्क लिने भएका छौं,’ चितवन क्रिकेट संघका अध्यक्ष पियाले भने ।

कास्सी स्पोर्टस्मा फुटशल, क्रिकशल र स्वीमङि पुल लगायतका पुर्वाधारहरु उपलब्ध छन् ।

‘हामीसँग मापदण्ड अनुसारका इन्डोर क्रिकेट र फुटशलका पुर्वाधारहरु छन् । चितवनमा क्रिकेटको महौंल बढ्दो छ । राम्रा खेलाडीहरु उत्पादन गर्नु पर्ने खाँचो छ । क्रिकेट सानैबाट सिक्दै अगाडी बढ्दा भोलि राम्रो खेलाडी बनेर देशका लागि योगदान गर्न पाइने अवसर पनि छ । त्यसैले चितवन क्रिकेट संघँग सहकार्य गरेका हौं,’ कास्सी स्पोर्टसका इन्जिनियर गोविन्द लामिछानेले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -