काठमाडौं, माघ १४: नागार्जुन प्याब्सनद्वारा आयोजित नगर स्तरीय बिएलई क्विज कन्टेस्टमा वडा नम्बर १ स्थित न्यु क्रियटिभ ईबो स्कुलले (NCEB SCHOOL) चौंथो पटक पनि प्रथम स्थान (First Position) प्राप्त गरेको छ। कक्षा ८ को बिएलई परीक्षा तथा एसईई ( SEE ) परीक्षाहरुमा समेत प्रथम स्थान हासिल गर्दै आएको यो स्कुल शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत बिशिष्ट पहिचान बनाउन सफल हुने गरेको छ ।
स्तरीय अभाव रहदै गएको आजको सन्दर्भमा प्रतिष्ठित शिक्षाकर्मीहरुले सञ्चालन गरेको यस विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकहरु सम्पर्कमा आउन थालेको विद्यालय प्रशासनले बताएको छ । सो प्रतियोगितामा नगरपालिका भित्रका निजी विद्यालयका विद्यार्थीहरु सहभागी थिए।
जसमा सभ्यता पाठशाला दोस्रो र द एक्सेल पब्लिक तृतीय भएका थिए।











































