लमजुङ । लमजुङका एक २५ वर्षका युवकले आजीवन कारावासको सजाय पाएका छन् । सुन्दरबजार नगरपालिका– १, कुन्छाका २५ वर्षीय राम सुनारलाई जिल्ला अदालत लमजुङले ३ वटा मुद्दामा त्यस्तो सजाय तोकेबाट त्यस्तो पुष्टि हुन आएको हो । अदालतले पीडकलाई ३ लाख रुपैयाँ जरिवाना तथा पीडित परिवारलाई २ लाख क्षतिपूर्ति दिन आदेश दिएको छ ।
सुनारले सुन्न र बोल्न नसक्ने एक २८ वर्षीया युवतीलाई प्रेमको नाटक गरी जवर्जस्ती करणी गर्नुका साथ उनको गरगहना डाँका चोरी गरेको र उनको हत्या अभियोगमा लमजुङ जिल्ला अदालतले ती युवकलाई आजीवन कैद सजाय तोकको लमजुङ जिल्ला अदालतका स्रेस्तेदार उपसचिव भेषराज पौडेलले बताए ।
उनका अनुसार अदालतले जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद, अपाङ्गता भएका व्यक्ति भएका कारण थप ४ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना सुनाएको छ । सोही मुद्दासँग सम्बन्धित अर्को मुद्दामा पीडित परिवारलाई २ लाख क्षतिपूर्ति त्यसैगरी सोही घट्नामा आधारिता डाँकाचोरी मुद्दामा आठ वर्ष कैद सजायको फैसला फैसला भएको छ भने ८० हजार रुपैयाँ जरिवानाको आदेश दिएको छ । उनले भने, ‘ती पीडित युवतीको कर्तव्य ज्यान मुद्दामा गरी आजीवन जन्मकैदको फैसला सुनाएको हो ।’
ती अभियुक्त युवक गत भदौ ६ गतेदेखि जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका थिए । मेतक युवतीका बाबुले २०७९ साउन १० गते साँझदेखि छोरी बेपत्ता भएको र मोबाइल समेत स्विच अफ रहेको भन्दै छोरी खोजीदिन बाबुले प्रहरीमा खोजतलासका लागि उजुरी दिनु भएको थियो । अनुसन्धानका क्रममा अभियुक्त राम र ती युवतीबचि प्रेम सम्बन्धमा रहेको समेत खुलेको प्रहरीले जनाएको थियो ।
प्रहरीले शारीरिक सम्बन्धका बेला मृतक युवतीले विवाह गर्नुपर्ने सर्त राखेपछि विवाद बढेको र युवतीले विवाह नगरेमा आफूहरूको सम्बन्धका ’boutमा गाउँहरू र आफन्तलाई भनिदिने बताएपछि रामले ती युवतीको हत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
प्रहरीका अनुसार हत्या पछि मृतक युवतीको मोवाइल, गरगहना आदि निकालेर घरमा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको थियो । प्रहरीले खोजतलास गर्दै जाने क्रममा गत साउन १२ गते दिउँसो गाउँ नजिकै रहेको कुन्छाभीरको खोंचमा ती युवती मृत अवस्थामा फेला परेकी थिइन् ।
ती युवती घट्ना भएको दिनमा घरबाट नजिकै रहेको आफ्नै दिदीको घरमा कपडा सिलाउन जान्छु भनी निस्केकी थिइन् । कपडा सिलाएर सकिएपछि साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी घरमा नपुगी वेपत्ता भएपछि उनको खोजतलास थालिएको थियो ।








































