धनगढी- अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका- ५ की २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्।
घाँस काटन मेला जाने क्रममा उनीहरूलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए।
उनीहरूको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए।








































