Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:०६ बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

313
Shares

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् ।

महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

‘हामीले आइतबार साँझ पनि एउटा अप्रेसन गरेका थियौं, जसमा १५ भन्दा बढी ठेलागाडासहित अन्य सामग्री जफत गरेका थियौं । सोही कुरालाई लिएर अहिले प्रदर्शन भइरहेको छ,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ ।

महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ ।

आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।

‘उहाँहरुले सामान जफत गर्दा कतिजना फुटपाथ व्यवसायीहरुको गलामा लगाएको गहना, मोबाइल समेत हराएको छ । रोजीरोटी गर्ने साधन खोसिएको छ । यसकै विरोधमा आजको आन्दोलन हो,’ सापकोटाले अनलाइनखबरसँग भने ।

फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न अभियान्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन ।

महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समितिका सदस्य समेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादतीविरूद्ध आन्दोलन निरन्तर गर्नेबारे छलफल भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -