Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१५:१० दिउँसो
- ADVERTISEMENT -

अफगानिस्तानमा दुर्घटना भएको विमान भारतको नभएर मोरक्कोको

प्रकाशित मिति: २०८० माघ ७, आइतबार

199
Shares

नयाँ दिल्ली- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानमा ठूलो हवाई दुर्घटना भएको छ । सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तानहुँदै मस्को जान लागेको विमान दुर्घटनामा परेको हो ।

यसैबीच, प्रारम्भमा भारतीय यात्री विमानमा भएको दावी अफगान सञ्चार माध्यमले गरेको थियो । विमान उत्तर पूर्वी अफगानिस्तानको बदख्सान प्रान्तमा दुर्घटनाग्रस्त भएको भनिएता पनि अहिलेसम्म यसको सटीक स्थान भने थाहा भएको छैन ।

यसैबीच भारतको नागरिक उड्ड्यन मन्त्रालयले अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको विमान न त भारतीय शेड्यूलको विमान हो, न त नन-शेड्यूल चार्टर विमान नै हो भनेको छ ।

यो मोरक्कोमा दर्ता भएको सानो विमान हो भन्ने बताएको छ । यसबाट के प्रष्ट्र हुन्छ भने अफगानिस्तानमा कुनै पनि भारतीय विमान दुर्घटनाको शिकार भएको छैन ।

शनिबार राति बदख्सानको जेबक जिल्लाको पहाडी इलाकामा विमान दुर्घटनाग्रस्त भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर, हालसम्म यो विमानको पहिचानबारे भारत सरकार र अफगानिस्तान सरकारबाट कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन ।

विमानमा कति यात्रु थिए र दुर्घटनामा परेका यात्रु कुन देशका थिए भन्ने अझै खुल्न सकेको छैन ।

अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए । बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।

दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने प्रवक्ता अमिरीले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -