Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:२६ बिहान
- ADVERTISEMENT -

बालेनको निर्णयविरुद्ध उभिए रवि लामिछाने

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

176
Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को एउटा निर्णय विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मैदानमा उत्रिएका छन् ।

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध शुक्रवार खुला मञ्चमै प्रदर्शन भएको छ । महानगर प्रमुख बालेनले खुला मञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध प्रारम्भ भएको हो ।

‘अकुपाइ टुँडिखेल’ ले खुलामञ्चलाई खुला नै रहन दिन खुलामञ्चमा आज दिउँसो प्रदर्शन गरेर महानगरपालिकाको निर्णयविरुद्ध उभिएको हो ।

र, यो प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि रास्वपाका सभापति रवि लामिछानेसम्म प्लेकार्ड बोकेर खुला मञ्चमा आयोजित विरोध प्रदर्शनमा उभिए । यो प्रदर्शन कलाकारहरु निर्मल शर्मा, गायक योगेश्वर अमात्य, भीम तुलाधर, पत्रकार ऋषि धमला, नेतृ हिसिला यमी आदि सहभागि थिए ।

उक्त प्रदर्शनपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईले खुलामञ्च पञ्चायत कालदेखि लोकतान्त्रिक आन्दोलनहुँदै जनप्रतिरोधको प्रतिबिम्व स्थल’ रहेको बताउँदै यसलाई खुला नै रहन दिन माग गरे ।

डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘खुलामञ्चलाई खुलै रहन दिऊँ । यो पञ्चायत कालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो ! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाहलगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ! बरू खुला मञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउँ ! जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -