Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:१० बिहान
- ADVERTISEMENT -

बक्सर निता गोसाईंलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

202
Shares

काठमाडौँ । बक्सिङ खेलाडी निता गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले भक्तपुर बस्ने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु छन् ।

३० वर्षीय लबजुलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

सशस्त्रको जवान पदमा कार्यरत निता माघ २ मा भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनी झुन्डिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् ।

२७ बर्सिया गोसाईंलाई दिनेश लबजुले आत्महत्या दुरुत्साहन गरेको आरोप छ । आरोपी विरुद्ध प्रहरी वृत्त जगातीले आत्महत्या दुरुत्साहन मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । डिएसपी पाठकले लबजु र निताको सम्बन्धबारे खुलाउन नमिल्ने बताए । उनले भने– ‘अनुसन्धानको विषय भएको हुनाले कसरी दुरुत्साहन भयो भन्नेबारे भन्न मिल्दैन ।’

निता ६ वर्षअघि सशस्त्रमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनले ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -