Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:३३ दिउँसो
- ADVERTISEMENT -

पुरुषले २७ महिलामाथि हाले मुद्दा फेसबुकमा नकारात्मक कमेन्टपछि

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

176
Shares

सिकागो । सिकागोमा एक जना पुरुषले २७ जना महिलामाथि मुद्दा हालेका छन् । फेसबुकको डेटिङ ग्रुपमा आफ्नोबारे नकारात्मक टिप्पणी गरेको अनि आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ३२ वर्षका निक्को डी’अम्ब्रोसिओले ती महिलाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

‘आर वि डेटिङ द सेम गाय’ नाम गरेको निजी फेसबुक समूहमा आफूबारे महिलाहरूले भद्दा कमेन्ट गरेको उनको तर्क थियो ।यो ग्रुपलाई महिलाहरुले पुरुषसम्बन्धी आफ्ना अनुभवहरू साटासाट गर्ने अनि सुझाव माग्न प्रयोग गर्ने गरेका छन् । डी’अम्ब्रोसिओको मामिलामा दर्जनौँ महिलाहरूले अपमानजनक टिप्पणी गरेका थिए ।

उनलाई चिप्कु अनि आफूले चाहेको कुरा पाएपछि एक्कासि हराउने भन्दै कमेन्ट गरेका थिए । डी’अम्ब्रोसिओले अब आफूबारे नकारात्मक कमेन्ट गरेका महिला र पेजका मोडरेटर र फेसबुकको मातृ कम्पनी मेटाविरुद्ध ७ करोड ५० लाख डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन् ।

फेसबुक ग्रुपमा एक महिलाले डी’अम्ब्रोसिओबारे एउटा पोस्ट गरिन् । ती महिलाको कमेन्ट आएपछि अन्य महिलाले पनि त्यस्तै खालका कमेन्ट गर्न थाले । ओरिजिनल पोस्ट गर्ने महिलालाई आफूले डेट गरेको डी’अम्ब्रोसिओले स्वीकारेका छन् ।

तर आफूहरू ‘एक्सक्लुसिभ डेटिङ रिलेशनशिप’मा कहिले पनि नरहेको उनको तर्क थियो । आफ्नो प्रतिष्ठामा ठेस पुर्याउन महिलाले आफूबारे झुठा खबर फैलाएको आरोप उनको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -