- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सर्वसाधारणले नपत्याउने गरी राष्ट्र बैंकले कसरी निकाल्छ महंगी ?

January 19, 2024
607
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना देशको वर्तमान आर्थिक अवस्था समेटेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । एक महिना ढिला गरि प्रकाशित हुने प्रतिवेदनमा महंगी सबैभन्दा बढी हाइलाइटेड हुन्छ ।

हंगीलाई मुद्रास्फिती भनेर प्रतिवेदनमा उल्लेख गरिन्छ । राष्ट्र बैंकले महंगी घटेको प्रतिबेदन सार्वजनिक गर्दा सर्वसाधारण भने उक्त तथ्यांकलाई सही मान्न तयार हुदैनन् । आफूले दैनिक उपभोग्य सामान किन्दा महंगी खेपेका सर्वसाधारणलाई महंगी घटेको छ भनेर चिढ्याउँने राष्ट्र बैंकले कसरी महंगी तय गर्छ त चासोको विषय पनि हो ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्र बैंकले हालैमात्र पाँच महिनाको (मंसिरसम्मको) प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा मूल्यवृद्धि अर्थात महंगी ४.९५ प्रतिशत रहेको उल्लेख छ । चामल प्याज लगायतमा महंगी खेपेका सर्वसाधारण राष्ट्र बैंकको महंगी घटेको तथ्यांक स्वीकार्न तयार छैनन् । अहिल्लो मिहना (कात्तिकमा)५.३८ प्रतिशत महंगी थियो ।

राष्ट्र बैकले देशभरका ६० बजार केन्द्रबाट ४९६ वस्तु तथा सेवालाई महंगी निर्धारणको आधार मान्छ । ४९६ वस्तुको कन्जुमर प्राइस इन्डेक्स जुन खुद्रा मुल्यमा आधारित हुन्छ । ६० बजार केन्द्रबाट त्यहीका स्थानीय शिक्षकलाई डाटा संकलनको जिम्मा दिइन्छ । यो कामका लागि ६० बजार केन्द्रमा १ सय २० जना स्थानीय शिक्षक खटाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

एउटै बस्तुको मूल्य तीन वटा बिक्रिस्थलबाट लिइन्छ । र, शिक्षक आफैले पनि दैनिक उपभोयमा किनेको वस्तुलाई पनि आधार मान्न बैंकले भन्छ । सो बिक्री केन्द्रबाट लिइएको मूल्य राष्ट्र बैंकको सिस्टममा अपलोड हुन्छ । कुनै पनि वस्तु तथा सेवाको मूल्य अघिल्लो मूल्य भन्दा १० प्रतिशत बढी वा घटी भए उनीहरुलाई संकलित डाटा कतै गलत भयो की भनेर राष्ट्र बैकले नोटिफाइ गर्छ ।

दैनिक उपभोग्य सामाग्री (तरकारी साग लगायत)को मूल्य साप्ताहिक रुपमा कलेक्सन हुन्छ । ४ वटा हप्तामा कलेक्सन गरेको मूल्यलाई मासिक मूल्यमा कन्भर्ट गरिन्छ । खाद्यान्न सामाग्रीको मूल्य हरेक दिनजसो परिवर्तन हुने भएकाले यसको मल्यवृद्धिको तथ्यांक साप्ताहिक रुपमा संकलन गरिदै आएको हो । ४९६ वटा वस्तुको वेट एण्ड एभरेजको आधारमा मूल्य निकालिन्छ ।

सबभन्दा कम खर्च गर्ने वस्तुको मूल्य बढ्यो भनेपनि केन्द्रिय बैंकले निकाल्ने मूल्यवृद्धिमा असर गर्दैन । सबभन्दा बढी खर्च हुने वस्तु हाउजिङ एण्ड युटिलिटिमा हुन्छ । एक सय रुपैयाँ खर्च गर्दा २० रुपैयाँ यसैमा खर्च हुन्छ । यो भनेको कोठाभाडा खर्च हो । नेपालको मूल्यमा भारतको मूल्यले फरक गर्छ ।

भान्सामा मसलामा भन्दा घ्यु तेलमा बढी खर्च हुन्छ । तरकारीमा एक रुपैयाँमा साढे ५ रुपैयाँ खर्च हुन्छ । दालमा एक रुपैयाँ ८४ पैसा खर्च हुन्छ । यातायातमा ५.३४ रुपैयाँ खर्च हुन्छ । कहाँ बढी खर्च हुन्छ भन्ने आधारले पनि महंगीलाई असर गर्छ । एक सय रुपैयाँ खर्च गर्दा अल्कोहलिक ड्रिकमा ६८ पैसा खर्च हुन्छ । यसको मूल्य धेरै बढेपनि महंगी बढ्दैन । यसकारण महंगीमा अनेक खालका भ्रमहरु पैदा हुन्छन् । यो चाहेर पनि व्टिस्ट गर्न सकिदैन ।
(राष्ट्र बैंकका कार्यकारि निर्देशक डा. प्रकाश श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com