Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:२५ दिउँसो
- ADVERTISEMENT -

पर्यटक बढाउन ६० वटा पुरानो गाउँको खोजिमा छौं : पर्यटन मन्त्री

प्रकाशित मिति: २०८० माघ ३, बुधबार

222
Shares

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ६० वटा पुरानो गाउँको खोजिमा रहेको बताएका छन्। मन्त्री किरातीले देशमा पर्यटकको संख्या बढाउन पुरानो गाउँको खोजिमा रहेको बताएका हुन्।

 मन्त्री बनेको एक वर्ष पुगेको अवसरमा  बुधबार आयोजित कार्यक्रममा मन्त्री किरातीले पर्यटन क्षेत्रको विकास गर्न पुरानो गाउँको खोजिमा रहेको बताएका हुन्। उनले भने,’पर्यटन क्षेत्रको विकास नभइ मुलुको विकास हुँदैन। त्यसैले पुराना सम्पदा र गाउँको खोजिमा छौं।’

मन्त्री किराँतीले १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। उनले आफू मन्त्री बनेको एक वर्षको अवधिमा १०१ काम गरेको दावी गरे।

उनले सार्वजनिक गरेको कामको विवरणमा सम्पदाहरूको विशेष सरसफाइ,जहाज खरिद प्रक्रिया अघि बढेको, पर्यटक बढाउन लिजमा विमान ल्याउनेदेखि  विमानस्थल निर्माणका काम रहेका छन्।

पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर परिसर  र सम्पदाहरुको विशेष सरसफाइमा विशेष जोड दिएको बताए। ९ महिनाभित्रमा मध्यम खालको काम गरेको र त्यसको परिणाम आउन बाँकी रहेको उनको भनाइ छ।

मन्त्री किरातीले दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। उनले वि.स. २०१२ बाट ग्राउन्डेड भएको ट्वीनेटर जहाज एकमहिनामा मर्मत गरी पुन: उडानमा ल्याउने तयारी भइरहेको बताए।
 
यसैगरी  २३ वटा विमानस्थललाई पूर्णक्षमता सञ्चलनमा ल्याउनेगरी काम भइरहेको बताए। चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ। उनले पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको बताए। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -