Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२८:२१ दिउँसो
- ADVERTISEMENT -

फेरि विवादमा फस्यो एनिमल

प्रकाशित मिति: २०८० माघ २, मंगलबार

296
Shares

नयाँ दिल्ली । रणवीर कपूरको एनिमल फिल्म हलमा रिलिज भएको डेढ महिना भइसकेको छ । तर यो फिल्मसम्बन्धी विवाद सकिने कुनै संकेत छैन । 

फिल्म अब ओटीटीमा रिलिज हुने तयारी भइरहेको छ । तर यसमा रोक लगाउने माग आएको छ । यस पटक फिल्मबारे आपत्ति बाहिरबाट आएको होइन फिल्मकै एउटा प्रडक्शन हाउसले दर्ता गराएको हो । एनिमलको को–प्रड्युसर सिने–वन स्टुडियोजले यो माग गरेको हो ।

संदीप रेड्डी वांगाको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा धुँवाधार कमाई गर्‍यो । तर फिल्मको कहानी, हिरोको प्रेजेन्टेशन र डाइलगका कारण यो लगातार विवादित बन्यो । कयौं दृश्यमा पनि आपत्ति जनाइएको थियो । तर यति हुँदाहुँदै पनि फिल्मको कमाइमा कुनै असर परेन ।

लगातार एक महिना फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाइ गर्‍यो अनि ९०० करोड क्लबमा आफ्नो स्थान बनायो । भुषण कुमारको प्रडक्शन हाउस टी–सीरिजको ब्यानरमा बनेको फिल्मको सिने–वन स्टुडियोज यसको को–प्रड्युसर रहेको थियो । फिल्मलाई जनवरी २६ मा ओटीटीमा रिलिज  गरिदैं थियो ।

तर फिल्ममा मुनाफाको हिस्सा नपाएको भन्दै सिने–वनले टी–सिरिजविरुद्ध मुद्दा दर्ता गर्दै ओटीटी रिलिजलाई रोक्ने माग गरेको छ । फिल्मबारे भएको सम्झौतालाई उल्लंघन गरिएको र आफूलाई सुको पैसा नदिइएको दाबी सिने–वनले गरेको छ । आफूले सिने–वन स्टुडियोजलाई २ करोड ६० लाख भारु दिएको टी–सीरीज र अर्को को–प्रडयुसर सुपर क्यासेट्स इंडष्ट्रिज प्रा. लि.को तर्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -