काठमाडौं । नेपाल प्रहरीले शुक्रबार बालकुमारीमा दुई युवाको मृत्यु हुनुको मुख्य दोष भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीलाई लगाएको हो ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि शुक्रबारको प्रदर्शनले असामान्य रूप लिएको बताएका हुन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले मन्त्रीको गाडी आएर भिडमा रोकिएपछि अवस्था असामान्य बनेको बताएका हुन्।
मन्त्रीलाई नै हातपात गर्ने र गाडीमा आगजनी हुनसक्ने भन्ने सूचना आएपछि सुरक्षाकर्मीहरू त्यसतर्फ गएको उनले बताए ।








































