विगत लामो समय देखी शिक्षा क्षेत्रको बिकास र बिस्तारमा निरन्तर काम गरिरहेको संस्था उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) ले काठमाडौं महानगरपालिका समिती गठन गरेको छ । देश भौगोलिक सँरचना बमोजिम स्थानिय तहलाई अधिकार सम्पन्न बनाउदै गरेको अवस्थामा संस्थाको पनि स्थानिय तह बाट नै संस्थालाई कृयाशिल बनाउने उदेस्य बमोजिम काठमाडौं महानगरपालिका समिती गठन गरेको छ .
मिती पौस १२ गते अल्फा हाउस बानेश्वरमा सम्पन्न उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) ले काठमाडौं महानगरपालिकाको पहिलो अधिबेशन बाट सर्वसम्मत तरिकाले १२ सद्स्य समिती गठन गरेको छ । उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) काठमाडौं जिल्ला अध्यक्ष श्री शिव प्रसाद अधिकारिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) को केन्द्रिय अध्यक्ष श्री रमेश सिलवाल ज्यु को प्रमुख आतिथ्यमा भएको थियो भने उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष श्री युवराज शर्मा र डा.स्वागत श्रेष्ठ लगायत अन्य केन्द्रिय पदाधिकारी साथै उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) बाग्मती प्रदेश अध्यक्ष लगायत पदाधिकारीहरु र जिल्ला पदाधिकारीहरु को पनि उपस्थित थियो ।
निजी क्षेत्रले शिक्षामा गरेको बिकास तथा योगदानको मुल्याङ्कन गर्दै र यसको चुनौतीहरुको सामाना गर्दै अगाडि बढीरहेको यस संस्थाले सरकारले शिक्षाको पनि स्थानियतहलाई अधिकार सम्पन्न बनाउदै गरेको परिवेशमा गठन गरिएको यस pRr शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) काठमाडौं महानगरपालिका समिती महत्वपूर्ण हुने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) को केन्द्रिय अध्यक्ष श्री रमेश सिलवाल ज्यु ले हाल गठन गरिएको उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) काठमाडौं महानगरपालिका समितीलाई सफलताको शुभकामना दिंदै यस समितीको काँधमा धेरै अवसर तथा चुनौतीहरु पनि रहेको र समितीले गर्ने हरेक काममा केन्द्रको सधैं साथ र सहयोग रहने प्रतिबद्दता पनि ब्यक्त गर्नु भयो ।
नव गठित उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) काठमाडौं महानगरपालिका समितीमा अध्यक्ष श्री प्रकाश श्रेष्ठ ( Xavier Academy ) हुनुहुन्छ भने उपाध्यक्षमा महेश कुमार श्रेष्ठ (Kamana International College, Sanobharyang, Kathmandu ) र नबराज बास्कोटा ( Kabya School ) हुनुहुन्छ । तेस्तै गरी अन्य पदधिकारीहरुमा सचिव नन्द लाल सुबेदी ( Capitol Hill College) , सहसचिवमा रुद्र मणी अधिकारी ( Camellia college ) कोशाध्यक्षमा इश्वोरी ढुंगाना ( Bhanubhakta College ) र सदस्यहरुमा राजेन्द्र चापागाइ ( S S College ) , शंकर प्रसाद शर्मा ( Aadim college ) , केशव जोशी ( Arunima College ) , सिता भट्टराई ( Gyan Deep ) श्री गोविन्द दङाल र महेश पराजुली ( Nawajyoti ) हुनुहुन्छ .
नव गठित सम्पूर्ण पदधिकारी हरुलाई प्रमुख अतिथी तथा उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ , नेपाल ( HISSAN) को केन्द्रिय अध्यक्ष श्री रमेश सिलवाल ज्यु ले पद तथा गोपनियताको सपथ गराउनु भयो । उक्त समितिको कार्यकाल २ बर्ष को रहनेछ ।








































