Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:१४ दिउँसो
- ADVERTISEMENT -

‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना

प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार

272
Shares

काठमाडौं । नेपाल एओटीएस र आईकोसा, जापानले संयुक्त रुपमा ‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना गरेका छन । विहिवार काठमाडौं स्थित मल्ल होटलमा आयोजित उक्त कार्यक्रम नेपाल र जापानका उद्यमी व्यवसायी, प्राध्यापक, व्यवस्थापक एवम प्राविधिकहरुको उल्लेख्य सहभागीता माझ सम्पन्न भएको हो । सो अवसरमा नेपालमा उद्यमीहरुको ज्ञान र शिपलाई अझ फराकिलो बनाउन आईकोसाले नेपाल एओटीएसमार्फत पारस्परिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ ।

कार्यक्रममा नेपाल एओटीएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठले नेपालमा उत्पन्न आर्थिक संकटमाझ प्रतिकुल अवस्थामा गुज्रिरहेका साना तथा मझौला उद्योगको अवस्था दयनिय रहेको उल्लेख गर्नुहुँदै शिप एवम क्षमता विकासका कार्यक्रममार्फत यस क्षेत्रलाई दिशाबोध गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले औपचारिक रूपमा सन १९९१ मा नेपालमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा मानव संशाधन विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल एओटीएसमार्फत जापानमा एक हजारभन्दा बढी व्यवसायी तथा व्यवस्थापकहरुले तालिम लिईसकेको जानकारी दिनुहुँदै आईकोसासँगको सहकार्य एवम सम्झौताले नेपाल स्थित साना तथा माझौला व्यवसायीहरूलाई राहत मिल्ने र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउनुभयो ।

उक्त सेमिनार कार्यक्रम आईकोसाका प्रेसिडेण्ट प्रा. डा. कुरोस नाओहिरोले जापानको औद्योगिक विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका तथा रोजगारीको अवस्था र नेपाल एओटीएसका सल्लाहकार प्रा. दिनेश चापागाईले नेपालमा व्यवसायिक वातावरण र साना तथा मझौला उद्योग बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न बिषयगत क्षेत्रबाट प्रतिनिधित्व गर्दै आईकोसाकाबाट कार्यक्रममा सहभागी जापानीहरुले आ आफ्नो अनुभव सुनाउनुभएको थियो । सेमिनारमा नेपालबाट सहभागीहरुले नेपालको वर्तमान अवस्था, सरकारी संयन्त्र, कानुनी व्यवस्था, लगानीको वातावरण आदी बारे कुरा राख्नुहुँदै जापानले प्रतिकुलतामाझ कसरी विकासमा छलाङ मार्यो र कोभिड पस्चातको व्यवसायिक अवस्था बारे जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा, महिला चेम्बर सदस्य एवं नेतृ बासु माम्बा तामाङ, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल एओटिएस पूर्व छात्र समाज विदेशी प्राविधिक सहयोग र दिगो साझेदारी एओटिएस र कम्प्युटराइजेसन फर इन्टरनेशनल कोअपरेशन फर सेन्टर सिआईसिआई जापानका पूर्व प्रशिक्षार्थीहरूको गैरसरकारी र गैरलाभकारी पूर्व छात्र संघ हो। नेपाल एओटीएस औपचारिक रूपमा सन् १९९१ मा नेपालमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा मानव संशाधन विकास गर्ने उद्देश्यका साथ स्थापना भएको हो । यसले आफ्नो मूल संस्था एओटीएस, जापानसँगको सहकार्यमा विभिन्न गतिविधिहरूमार्फत नेपालका एक हजारभन्दा बढी व्यवसायी तथा व्यवस्थापन व्यवसायीहरूलाई जापानमा तालिम दिईसकेको छ ।

आईकोसा अध्ययन भ्रमण टोली, एसियामा एसएमईहरूको लागि अन्तर्राष्ट्रिय सहयोग संगठन आईकोसा टोकियो, जापानमा आधारित गैर लाभकारी संस्था हो जुन २०१७ मा स्थापना भएको थियो। आईकोसाले जापान र एसियाली देशहरूमा साना तथा मझौला उद्यमीहरूलाई एकअर्कालाई सिक्न र सहकार्य गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। सहयोगको माध्यमबाट एसियाली साना तथा मझौला उद्यमीहरूको भूमिकामार्फत एसियाली अर्थतन्त्रको विकासमा प्रमुख भूमिका खेल्ने लक्ष्य यस संस्थाले लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -