काठमाडौँ । जुवा खालबाट पक्राउ परेका एनआरएनएका पुर्व उपाध्यक्ष एबं एघारौं महाधिवेसनका निर्वाचन समिती सदस्य टीबी कार्की २० हजार रुपैयाँ धरौटीमा छुटेका छन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार उनलाई २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुविरुद्धको मुद्दा सीडीओ कार्यालयमा बुझाएकोमा सीडीओले धरौटीमा छुट्ने आदेश दिएका हुन । कार्की गत आइतबार राजधानीको स्वयम्भू क्षेत्रबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकामा टीकाको अघिल्लो दिन हाजिर जमानीमा रिहा गरिएको थियो । उनीसँगै पक्राउ परेका सबैलाई जनही २ हजार धरौटी तिराएर छाडिएको छ । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष हुन् भने ११ औँ महाधिवेशनमा निर्वाचन कमिटीका सक्रिय सदस्य थिए । उनले बद्री केसीलाई निर्वाचनको धाँधलीमा सघाएको आरोप छ । एनआरएनएको धाँधलीलाई वैधानिकता दिने एक व्यक्ति कार्कीले प्रहरी हिरासतमा पनि त्यस्तै हर्कत गरेको पाइएको छ । राजनीतिक फाइदाका लागि कहिले एमाले त कहिले नेकपा एकीकृत समाजवादीको रुपमा उभ्याउने पूर्वउपाध्यक्ष टीबी कार्की यतिबेला एनआरएनएभित्र बहसको विषय छन । महाधिवेशन अन्तरगतको चुनावमा धाँधली भएपनि उनले त्यसलाई वैधता दिन मतियारको भूमिका खेलेपछि एनआरएनए नै दुई भागमा विभाजित भएको छ । गत अक्टोबर २१ मा निर्वाचन समितीको सदस्यको हैसियतमा उनले निर्वाचन समितिका अन्य सदस्यहरुलाई धम्की र लबिङ गरेर विवादका बीच बद्री केसीलाई अध्यक्षको शपथ खुलाउन भूमिका खेलेका थिए । जवकि अघिल्लो दिन तीन अध्यक्षले जारी गरेको विज्ञप्तिमा दुई सातासम्म धाँधलीको विषयमा अध्ययन गरेर निर्वाचन प्रक्रिया टुंग्याउने सहमति भएको थियो । तर, सहमति विपरीत उनले एनआरएनएको भविष्यलाई नै संकटमा लग्नेगरी आफैँ कार्यक्रम सञ्चालन गरेर केसी र उनका आसेपासेलाई शपथ खुवाएका थिए । उक्त शपथको विरोध गर्दै आरके शर्मा र महेश श्रेष्ठ एक ठाउँमा उभिँदै आरकेको नेतृत्वमा नयाँ कार्यसमिति बनाएपछि केसीलाई अवैध अध्यक्षका रुपमा असन्तुष्ट पक्षले लिँदै आएकोमात्रै छैन संघको वैधानिकता समेत संकटमा पुगेको अवस्था छ । संघभित्रको विवादकै कारण हालसम्म संस्थाको नवीकरण समेत हुन नसकेको हो । यहीबीचमा उनै टीबी कार्की गत आइतबार राति राजधानीको स्वयम्भू क्षेत्रबाट पक्राउ परे । उनी जुवाको खालबाट पक्राउ परेका हुन । पटक पटक जुवाको खालबाट पक्राउ परेर पटकेको छवि बनाएका उनी कानुनको सही कार्यान्वयन हुन्थ्यो भने तिहारभर प्रहरी हिरासतमै हुन्थे । तर, उनले एमालेका नेतादेखि एकीकृत समाजवादीका पदाधिकारी तहसम्मका नेतालाई प्रयोग गरेर केही दिन हिरासतमा बसी रातारात रिहा भए । उनलाई छुटाउन यतिसम्म दबाब आयो कि आईजीपीले समेत प्रहरी वृत्त स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दलाई दबाब दिएका थिए । केही नलागेपछि दुई दिन हिरासतमा बसेर उनी हाजिर जमानीमा छुट्न सफल भएका थिए । तिहार मनाउनकै लागि उनी अनुसन्धान अधिकृतको निर्णयको आधारमा छु्टेको बताइएको छ । उनीसँगै जुवाकाण्डमा दुई दर्जन भन्दा बढी पक्राउ परेकामा एनआरएनएमा आबद्ध मात्रै तीन जना थिए । जसमा छाड्नका लागि टीबीका मान्छेहरुले तारन्तार दवाव दिएका थिए । ‘उनको मान्छेहरुले यति फोन गरेकि वृत्तकी डीएसपी निकै तनावमा देखिन्थिन । उनको केही नलागेपछि हाजिर जमानीमा छाडियो’, एक प्रहरी अधिकारीले भने, ‘एनआरएनएको चुनावमा धाँधलीमा कार्कीले सहयोग गरेको प्रस्ट देखिन्छ । अहिले त आफैँ धाँधलीमा लागेर रिहा भए ।’ रिहा भएपछि उनी गृहनगर पुगेर टिका लगाएका थिए । जिल्ला प्रहरी परिसरका एक अधिकारीले उनीलगायतविरुद्धको मुद्दा शुक्रवार नै सिडीओ कार्यालयमा पठाई फास्ट ट्र्याकबाट मिलाइएको बताए । त्यसपछि उनलाई सीडीओले जरिवाना तिरेर धरौटीमा छाड्ने निर्णय गरेका छन । जुवाडेलाई ३ महिनासम्म जेल हाल्ने नियम भएपनि त्यसको कार्यान्वयन भने फितलो बनाई धरौटीमा रिहा गरिएको छ । पहुँचको भरमा यस्ता कार्यलाई प्रोत्साहन गर्नेगरी राजनीतिक तहबाटै गतिविधि गरिएको छ । जसका कारण टीबीहरुजस्ताले उन्मुक्ति पाइरहेका हुन्छन । कार्की जस्तै सँयौ अहिले पनि जुवा तास खेलेको अभियोगमा हिरासतमा छन । नेपालको कानुन ठुलालाई एन सानालाई चैन भनेजस्तै शक्तीको आडमा कार्कीजस्ताले कानुनलाई धोती लगाउने गरेका छन ।
२० हजार धरौटीमा छुटे टीबी कार्की,बद्री केसीको धाँधलीका सहयोगीद्वारा प्रहरी हिरासतमा पनि ‘धाँधली’ !
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92











