नागार्जुन ३, काठमाडौं नेपाली समाज आज हरेक कुराको सिको गर्नमा अगाडी नै छ! यसो हुनुमा वाश्तविकता भन्दा फरक र देखावटी फट्किलो जीवन शैली पनि हो। मानव सभ्यताको शुरुआत संगै मानिसमा चेतनाको स्तर पनि विकशित हुँदै गयो। मानिस नै पृथ्वीको सर्वोत्तम प्राणी वनेर एकछत्र राज गरि नै रह्यो। ढुंगे युग वाट मानिसले अन्य प्राणी वा वनस्पति लाई आफ्नो आत्मनिर्भरतामा जोड्न सफल भयो । यदि यसो हुदैनथ्यो भने मानिसको अस्थित्व पनि पृथ्वीमा रहदैनथ्यो साथै पृथ्वीको महत्व पनि। मानव सभ्यताको विकास संगै मानिसमा छनोट गर्ने क्षमता र परिस्थिति संग जुध्ने क्षमता पनि विकशित भयो । ग्रीक सभ्यता लाई मानव संभ्यताको संगम स्थल मानिन्छ।
संसार आज मानव सभ्यता मा विशेष गरि दुई विशेष सभ्यता मा स्थापित छ। पुर्विय र पस्चिमा। वेलायति साम्राज्यवादी शासनले युरोप अमेरिकन र अफ्रिकन मुलुक मात्र छोएन एसियन मुलुकलाई पनि आफ्नो कव्जा जमायो र यसैवाट हाम्रो पुर्विय सभ्यता धमिलो हुँदै गयो। भाषिक र लवाई खुवाईको मोह यति विकशित वन्यो कि मानिस उपभोगवादी सिद्धांत संग नजिकिन पुग्यो। वेलायति साम्राज्यवाद यसरी हुर्कियो मानिस आफ्नो धर्म परंपरा र अस्थित्व माथि नै विचलित हुदै गए। उपभोगवादले जीवनलाई महत्वकाँक्षि त वनायो नै तर विचलित पनि वनाउदै गयो। हो मानिस स्वभावले सर्वोतम् प्राणी हो उसमा परिवर्तन र राम्रो जीवनको चाहना हुनु आवश्यक छ । तर परिवर्तन के का लागी यो प्रश्नले आजको सभ्य समाजमा भड्कदो परिस्थिति सृजना भएको छ। परिवर्तनको नाममा विकृति विकासको नाममा विनास जस्तै हो। विकास मानव जीवनको आवश्यकता हो। यसकै वलमा मानिस अन्तरिक्ष मा पदार्पण गर्न सफल भयो, कृतिम वायु कृतिम जल र कृतिम स्थल त संभव वन्यो भने अन्य कुराको वहस व्यर्थ छ। तर यो सवैविच पनि हामी पन्चभौतिक शरिरलाई साथ दिनको लागी पन्चतत्वको सिद्दान्त लाई वैज्ञानिकिकरण गर्ने क्रममा हाम्रो परंपरागत स्वंयम् सिद्द सिद्धान्त वाट विचलित हुनै पर्ने हो त? के हाम्रा पिता पुर्खाले परिकल्पना गरेका जीवन उपयोगी सिद्दान्त सवै अफिम नै हुन् त? आज हामी यतातिर फर्कने वेला आएको छ।
मानव विकास मा मानव स्वतंत्रताले ठुलो अर्थ राख्दछ। तर प्रश्न यतातिर छ स्वतंत्रता के को लागी? स्वतंत्रता स्वाभिमानी आत्मनिर्भर हुनका लागी वा विकृति विसंगति संग जोडिनका लागी । मानिस जन्मदैमा कुनै भुगोल छनोट गर्दछ जुन उसको जीवनभर उसलाई डोर्याउने डोरी हो। जससंग भौगोलिक साँस्कृतिक सामाजिक आर्थिक सम्वन्ध गाँसिएको हुन्छ । नवजात शिशु हुदै नावालक र वैयस्क हुदासम्म उसले विभिन्न चरण पार गर्ने क्रममा उसले शिक्षा संगै संस्कार पनि सिक्दै गएको हुन्छ । हो यहि संस्कार सिक्ने क्रममा उसको क्षमता सुहाउदो वातावरण र वातावरण अनुकूल संस्कार दिन सकेनौं भने उसको जीवनको फैसला यहि वाट शुरु हुन्छ। मानिस मानिस विचको भेदभाव लैंगिक विवेध धर्मसंकृति माथिको प्रभाव र विवेधले उसलाई सहि र गलत छुट्याउनै गार्हो पर्दछ र उ छनोटको सिद्धान्त मा समाहित हुन्छ र आफु अनुकुलको परिस्थिति मा पुग्न वाध्य हुन्छ र जुन स्वाभाविक पनि हो। तर मानव सभ्यता परिस्थिति र परिवेश यति पेचिलो छ सवैलाई एकैसाथ संहाल्न अंगाल्न र व्यवस्थापन गर्न निकै कठिन छ। जव मानिस स्वाभावमा पुग्न वाध्य हुन्छ उ सवै सामाजिक मान्यता वाट वाहिर निस्कन वाध्य हुन्छ।
अमेरिकी साहित्यकार टोनी मोरिसन ले उनको प्रख्यात नोभल सुला मा सुलाकी पात्र सुला मार्फत यो लेखेकि छिन्। ‘म कसैले चाहेजस्तो वन्न सक्दिन म मलाई आफैं वनाउछु र म जस्तै वनाउछु’ पेज नं. ९२ को छैटौं अनुच्छेद। हो यस उपन्यास मा लिइएको सुला पात्र एक वलियो पात्र हो। जसले रंगभेद र लिंगभेदलाई उजागर गराएको छ। सुला र नेल दुई मुख्य पात्रको जीवनीवाट कथाको मुख्य विषय वस्तु उठान गरिएको उक्त उपन्यास स्वअस्थित्व को लडाई लड्न सामाजिक विवेध र लाल्छना को चुनौती स्वीकार गरिएको छ। त्यतिमात्र नभई रंगभेद र लिंगभेदको चुनौती लाई अस्थित्व को लडाई ले संगेटेको छ। जसवाट के कुरा सिक्न सकिन्छ भने मानिसले जव अस्थित्वको लडाई लड्छ उसले गन्तव्य मा पुग्नको लागी सामाजिक मुल्य मान्यता को वन्धन तोड्न पनि तयार हुनुपर्छ। हो आजको समाजको विकराल परिस्थिति त्यहि हो जहाँ विवेक को प्रयोग न्यून छ। सुन्य सहनशिलता ले मानवता र धार्मिक साँस्कृतिक आर्थिक सामाजिक र राजनैतिक परिवेश लाई धमिलो वनाई रहेको । त्यसैले अवको हाम्रो चासो भनेको समाज सामाजिक मान्यता आर्थिक सवलीकरण र सामाजिक रूपान्तरण लाई अत्यंत मितव्ययी अनुशासित (आर्थिक, नैतिक, सामाजिक) आदी कुराहरु संग निकट रहेर परंपरा र सम्वन्धको धर्म संग आधुनिक मुल्य मान्यता लाई जोड्ने रहेको छ। हाम्रो जस्तो अल्पविकशित तथा विकासशील मुलुकमा भित्रिएका देखासिखि र आकर्षण को सहि व्यवश्थापनको जिम्मा कसले लिने? फेरि मानिसको नैसर्गिक अधिकारमा प्रश्न उत्तर र व्यवश्थापन कसले गर्ने? मानवतावाद भौतिकवाद र उपभोगवाद सिद्धांत संग जव समानजस्यता हुदैन त्यहाँ कुनैपनि निर्धारण र दायरा तयार हुदैन। हामी भन्नलाई यो अधिकार उ अधिकार भन्ने गर्छौ! वाल अधिकार, महिला अधिकार आदी आदी । जवसम्म मानव अधिकारको दायरा निर्धारण नै छैन। हो शव्दमा छ । व्लु प्रिन्टमा छ तर व्यवहार त कहिंकतै स्थापित हुन सकेको छैन ।
फ्रान्सेली दार्शनिक ज्याक रान्सिएर को भनाईमा ‘मानव अधिकार भनेको अधिकार नभएको र नभएको अधिकार हुने अधिकार हो। उनले फ्रान्सेली क्रान्तिको क्रममा ओलम्पे डे गाउजको प्रसिद्ध भनाइ ‘यदि महिलाहरू मचानमा जान पाउने हकदार छन् भने उनीहरू सभामा जान पाउनेछन्’ भन्ने एउटा उदाहरण हो।’ ज्याक रान्सिएरको ‘काममा ध्यान केन्द्रित गर्दै, अध्याय ५ ले मानवअधिकारको राजनीतिको सन्दर्भमा अधिकार प्राप्त गर्ने अधिकारको जाँच गर्दछ – अधिकारहीनहरूले अधिकारहीन लिने, दाबी गर्ने र अस्वीकार गरिएका अधिकारहरू लागू गर्ने। अधिकारको विषय राजनीतिको असीमित विषय हो । यो अधिकारको अधिकारको एक प्रदर्शनात्मक बुझाइ हो कि बहिष्कृतहरूले आफूलाई ‘संसारमा स्थान’ प्रदान गर्छन्। जबकि Rancière अधिकारको विषयबाट बहिष्कारहरू हटाउन खोज्छ, यो तर्क गरिन्छ कि उसको खाता आफै बहिष्कारबाट मुक्त छैन। अन्तमा, अध्यायले अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको लागि Rancière को कामको प्रभावको जाँच गर्दछ।’( स्रोत गुगल) यस अर्थ पनि अधिकार अधिकारको असिमितता र वर्गीकरण त्यति सहज छैन। त्यसैले मेरो दर्शनमा अधिकार उपयोग हो र कर्तव्यको उत्पादन हो। भलै कर्तव्यले अधिकार उत्पादन भएको सावित गर्ला नगर्ला! तर अधिकार आत्मविश्वास आत्मआलोचना र आत्मसम्मान पनि हो जस भित्र मानिसको नैतिक धरातलको जग रहेको हुन्छ। अव भनिएला नैतिक धरातल के त? सर्वव्यापी सिद्धांत, धार्मिक आध्यात्मिक धरातल त्यहि नै नैतिक धरातल हो। तसर्थ नैतिक सम्वन्ध भन्नासाथ कानुनले निर्धारण गरेको सम्वन्ध । निश्चित भुगोल निश्चित परंपरा संकृति भित्र रहने गरि कुनैपनि देशले त्यसभित्रका नागरिक का तय गरिएको नियम कानुन भित्र आफुलाई समाहित गर्न सक्नु र त्यसैअनुरुप आफुलाई ढाल्ने इच्छाशक्ति र आफ्नो नैतिक ज़िम्मेवारी वोध हुनुले संवन्धको जग लाई वलियो वनाउने गर्दछ। जव मानिसमा सस्तो स्वतंत्रताको महसुस हुन थाल्रछ आफुले आफैंसंग विश्वास गर्न छोड्छ र सम्वन्धको धारातल कमजोर वन्दछ।
कहीलेकाँहि मानिस स्वार्थ केन्द्रीत वनिदिन्छ त्यसले पनि उसलाई कर्तव्यविमुख वनाईदिन्छ। अव भनौं के व्लु प्रिन्ट मा सिमित शव्द अधिकार हुन् कि? शव्दमा व्यक्त अधिकार अधिकार हुन् कि वा नलेखिएका नदेखिएका तर आफुलाई लागेका अधिकार हुन् त। मेरो वुझाई अधिकार कर्तव्य को कसरत अभ्यास वाट प्रतिपादित नैतिक सामाजिक आर्थिक धरातल वाट उत्पादित रंगहीन, शव्दहिन, स्पर्श विहिन चार अक्षरको शव्द मात्र हो। वाँकि रह्यो सम्वन्ध माथि उल्लेखित कर्तव्य भित्रको अभ्यास जसवाट प्राप्त अधिकारको सहि सदुपयोग वाट उत्पादित मानवीय आचरण व्यवहार र चरित्रको जग नै सम्वन्ध हो । कुनै पनि सम्वन्धको धारातल भनेको आफु र अरुमा विश्वास नै हो। विश्वास को पुर्ण स्वरूप विश्वास मात्र हो । सम्वन्धको विश्वसनियताको जग पनि व्यक्ति स्वयम् हो। आजभोली का सम्वन्धमा देखिने दरार माग र पुर्तिको समानजस्यता नहुनु मितव्ययी नहुनु र नराम्रा कुराको अनुशरण र प्रभाव छिटो हुनु हो।








































