Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५१:४९ दिउँसो
- ADVERTISEMENT -

राहतको पखाईमा दार्मावासी

प्रकाशित मिति: २०८० कात्तिक २१, मंगलबार

235
Shares

सल्यान । सल्यान दार्मा गाउँपालिका २ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर, नजाऊ अन्नपात देखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।

गत शुक्रबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्प परि खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि बस्न बाध्य छ । राति भएपनी कसरी बाँचियो थाहा छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ ।उहाँले भन्नू भयो साना छोराछोरी छन् । बाहिर सुती राहेका छौँ, छोराछोरीले जाडो भयो घर भित्र जाऔँ भन्छन् । घर भत्किन्छ की भन्ने डरले त्रिपाल मुनी रात काट्न बाध्य छौ ।

त्रिपाल भित्र बस्दा बिहान सिरक सितले भिज्ने गरेको उहाँको भनाई छ । सितले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरी त्यही ओढ्ने गरेको खत्रीले बताउनु भयो । घर भत्किएको तीन दिन भइसक्दा समेत एक त्रिपाल बाहेक अरू केही नपाएको उहाँको गुनासो छ । घरभित्र अन्नपात भएपनि केही अन्नपात परिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाई छ ।


खत्री जस्तै टेक बहादुर के सी को परिवार पनि खुला आकाश मुनि बस्दै आइरहेको छ । ५ लाख ऋण काडेर २ वर्ष पहिले बनाएको घर भूकम्पले पुरै भत्काए पछि उहाँ अहिले घरबार विहीन हुनु भएको छ । पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर पूर्ण रूपमा भत्काइ दिए पछि त्रिपाल मुनि बस्नु परि रहेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौँ की ऋण तिर्ने पैसा खोज्नु ।’

यस्तै लिला खत्रीका तीन वटै घर भूकम्पले भत्काइदिएको छ । भएका तीन वटै घर भूकम्पबाट भत्काएपछि उहाँको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पिडा जस्तो अरू के होला र उहाँले भन्नु भयो । खुला आकाशमा बस्नुको पिडा त छदै छ त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन समेत थालेको छ । उहाँले भन्नु भयो खाइनखाइ घर बनाइयो तर सबै भूकम्पले लडाइ हाल्यो अब कसको सरनमा गएर बस्ने ।

दार्माका चार सय बढी घर परिवार खुला आकाशमा बस्न बाध्य छन् । मानवीय क्षति नभए पनि भौतिक क्षति भने जाजरकोट र रुकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सीले बताउनु भयो । दार्माका १,२,५ र ६ वडामा बढी क्षति भएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ । भौतिक क्षतिको विवरण जाजरकोट र रुकुम मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ ।


भूकम्प गएको ४ दिन भई सक्दा समेत रेडक्रस बाहेक कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नु भयो । पालिकाको स्रोतअनुसार पीडितको घरमा गएर सान्त्वना दिने काम मात्र भइरहेको उहाँको भनाइ छ ।

यता कर्णाली प्रदेशले दार्माका लागि आवश्यक राहत सामाग्री पठाइ सकेको जनाएको छ । सुर्खेतबाट पठाएको राहत सामाग्री मङ्गलवार राती दार्मा पालिकामा पुगी सकेको र नेपालगञ्जबाट पनि आजै सामान पुग्ने कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -