Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:५० दिउँसो
- ADVERTISEMENT -

इजरायलबाट १९ जना नेपाली भारत आइपुगे

प्रकाशित मिति: २०८० कात्तिक १, बुधबार

202
Shares

काठमाडौँ । इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो ।

भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।

उहाँहरूकै आग्रहमा इन्डियन रेस्क्यु फ्लाइटमार्फत दिल्ली आउनुभयो । अब पश्चिम नेपाल हुँदै आआफ्नो गृह जिल्लातर्फ जानुहुने छ ।” अरू फर्किन चाहने नेपालीलाई क्रमिक रूपमा स्वदेश फर्काइने प्रवक्ता लम्सालले बताउनुभयो ।

हाल इजरायलबाट नेपाल फर्किन चाहनेको सङ्ख्या तीन सयभन्दा बढी रहेको इजरायलमा रहेको दूतावासले जनाएको छ । इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले शुक्रबार २५४ जनालाई स्वदेश फर्किएको थियो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ गएर ती विद्यार्थीलाई ल्याउनुभएको हो ।

इजरायल सरकारले आक्रमणमा परेर मृत्यु भएका १० जनामध्ये पाँच जनाको शव हस्तान्तरण गरिसकेको छ भने पाँच जनाको शव अझै दिएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले शव ल्याउने प्रक्रिया बाँकी नै रहेकाले अझै केही समय लाग्ने बताउनुभयो । इजरायल सरकारले आफ्नो प्रोटकल पूरा गरी शव हस्तान्तरण गरेलगत्तै ल्याइने उहाँले जानकारी दिनुभयो । इजरायलमा सम्पर्कविहीन रहनुभएका सुदूरपश्चिम विश्वविद्यालयका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -