काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा सहमतिमा नै नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्षमा चन्देश्वर मण्डलको नाममा अनौपचारिक सहमति भइसकेको जनाइएको छ ।
अध्यक्ष लगायत पाँच जना पदाधिकारीमा सहमतिको खाका तयार भएको एमाले श्रोतले जनाएको छ । सिरहाका मण्डलको नाममा सबै पक्ष करिब(करिब सहमत भएको र औपचारिक घोषणा हुन बाँकी रहेको एमाले श्रोतले जनाएको छ ।
यस्तै उपाध्यक्षमा विचारी यादव, सचिवमा शिवशंकर साह उपसचिवमा आरती भण्डारी र मोहम्मद कैसमा करिब सहमति जुटेको स्रोतले जनाएको छ ।
भित्र सहमतिको खाका एमालेले तयार गरे पनि बाहिर भने निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार आज ११ बजेदेखि मतदान गर्ने समय तोकिएको छ ।







































