काठमाण्डौं। नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा भिमसेन सरोकार समाजद्वारा राजधानी काठमाण्डौंमा शुभकामना आदान प्रदान कार्यक्रम गत शनिबार सम्पन्न भएको छ ।
राजेन्द्र लामिछानेको सभापतीत्वमा शनिबार काठमाण्डौंको बनस्थलीमा एक कार्यक्रमको आयोजना गरी दशै,तिहार तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाई, बिशेष अतिथि भिमसेनथापा गाँउपालीकाका अध्यक्ष लोक प्रसाद बञ्जारा, अतिथिहरुमा भिमसेनथापा गाँउपालीका ३ का अध्यक्ष ऋषिराम लामिछाने र भिमसेनथापा गाँउपालीका बडा नं १ का अध्यक्ष विकास श्रेष्ठको उपस्थिति थियो ।
समारोहमा जनप्रतिनिधि,विभिन्न सघंसस्थाका प्रतिनिधि, भिमसेनथापा गाँउपालीका घर भई हाल काठमाण्डौं बस्ने नागरिकहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम संञ्चानल नबराज लामिछानेले गर्नु भएको थियो ।








































