Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:३१ दिउँसो
- ADVERTISEMENT -

जितेको दिनदेखि नै प्रतिबद्धताहरु कार्यान्वयनमा लैजान सुरु गर्छु : उपाध्यक्ष पदका उम्मेदवा रेग्मी

प्रकाशित मिति: २०८० असोज २१, आइतबार

251
Shares

 काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागिपर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाटनै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भने ।

सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिख सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको ११ महाधिवेशनमा आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको पनि उनको भनाइ छ । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागी हार्दिक अपील गर्दछु’, रेग्मीले भने ।

सबैको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना हाम्रै पालामा सार्थकतामा ल्याउने आफ्नो संकल्प साकार हुने उनको विश्वास छ । एनआरएनएको सामीप्यतामा रहेदेखि नै आफूले नेपाली समूदायमा गरेको कार्यहरु र पदीय जिम्मेवारीमा रहँदाको समयमा आफूले गरेका संस्थागत र मानवीय कार्यहरुबारे सबै जानकार रहेको पनि उनको भनाइ छ । ‘तसर्थ यहाँहरुको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ ।

मेरो प्रतिद्धताको सक्षेपिकरण स्वरुप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धीको लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार, प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य, पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन्’, रेग्मीको भनाइ छ । वर्तमान समयमा युवा, महिला तथा श्रममैत्री कार्यहरुलाई अझ वैज्ञानिक र प्रविधियुक्त तवरबाट अगाडि बढाउने बताउँदै उनले नेपालमा स्वरोजगार व्यवस्थापन र विषेश गरी रिट्रनी माईग्रेशनहरुलाई नेपालमा नै रोजगार श्रृजनामा विषेश पहल रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो पवित्र सपनाहरुलाई साकार बनाउनको लागि सबैको साथ, सहयोगको अपेक्षासहित अमुल्य सुझाव दिन पनि उनले अनुरोध गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -